ट्रेंडिंग:

>> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ

कांग्रेस क्षेत्र नं. ३ रुपन्देहीको बैठकमा राष्ट्रिय प्रशिक्षण कार्यक्रमबारे छलफल

१० भाद्र २०८१, सोमबार
१० भाद्र २०८१, सोमबार

बुटवल, १० भदौ ।

नेपाली कांग्रेस क्षेत्र नं. ३ रूपन्देहीको ‘२२औं नियमित बैठक’ भैरहवामा सम्पन्न भएको छ । बैठक पार्टीका केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्वसभापति, प्रदेशसभा सदस्य, जिसस प्रमुख, पालिका प्रमुख÷ अध्यक्ष, उपाध्यक्ष लगायतको सहभागितामा सम्पन्न भएको थियो । सो बैठकमा आउँदो कात्तिक ३० देखि मंसिर १ गतेसम्म नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीले केन्द्रिय कार्यक्रम अन्तर्गत ‘केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’को समन्वयमा “प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरुको २ दिने प्रथम राष्ट्रिय प्रशिक्षण कार्यक्रम” को तयारी सम्बन्धमा विभिन्न छलफल गरेको छ ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकले यो राष्ट्रिय प्रशिक्षण कार्यक्रम रुपन्देही जिल्लाको लागि महत्वपूर्ण अवसर रहेकाले सबैजना मिलेर यसलाई सफल बनाउनुपर्ने बताए । कार्यक्रमले देशैभरिका क्षेत्रीय सभापतिहरुलाई एकै ठाउँमा ल्याउँदा समग्रमा पार्टीको संगठन बलियो र प्रभावकारी बनाउनुका साथै यसले आन्तरिक पर्यटनको विकाश र शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको प्रवेशद्वार भैरहवालाई चिनाउन मद्दत पुग्ने बताए ।

बैठकमा केन्द्रिय सदस्य महिला नेतृ गंगा शाही, जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री वसीउद्दीन खाँ, जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चापाई, महासमिति सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, नेपाली कांग्रेस, क्षेत्र नं. ३, रुपन्देहीका क्षेत्रीय सभापति सुशील गुरुङ्ग, लुम्बिनी सास्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान, सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद श्रीवास्तव, उपाध्यक्ष प्रियन्का कुमारी सिंह, सियारी गाउँपालिकाका उपाध्यक्ष तारा थारु, ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनीता चौधरी, क्षेत्रीय सचिव भवानी शर्मा, कोषाध्यक्ष कृष्ण खनाल, सहसचिव कुल प्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
बैठकमा तिलोत्तमा नगरपालिका नेपाल भरिमा आर्थिक वर्ष २०७९÷०८० मा नेपाल सरकारको स्थानीय तह मूल्याङ्कनमा दोस्रो भएकोमा जिल्ला सभापति तथा तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाणलाई केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकले खादा लगाएर सम्मान गरेका थिए । क्षेत्रीय उपसभापति घनश्याम चालिसे तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईले आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?