© २०२३
बुटवल।
लुम्बिनी प्रदेशको कानुन बमोजिम प्रयोग गर्न पाउने सवारी साधन फिर्ता गरेर लिला गिरीले सराहनीय काम गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) नेपालको चलानी नम्बर २३५५ रहेको मिति २०८०|३|२० गतेको पत्र मार्फत निवर्तमान मुख्यमन्त्री र दलको नेताका रुपमा माननीय लिला गिरीले एउटा मात्रै गाडी (थान १) प्रयोग गर्नेगरी लुम्बिनी प्रदेश सभा सचिवालयमा हस्तान्तरण भएको लु १ झ ७५३ नम्बरको स्कारपियो गाडी (थान १) मिति २०८१।५।४ गतेदेखि लागु हुनेगरी लुम्बिनी प्रदेश सभा सचिवालयमा सकुशल फिर्ता गरेका हुन् ।
प्रदेश सभा सचिव दुर्लभ पुनलाई गाडीको चाबी र उपलब्ध कागजात हस्तान्तरण गरिएको गिरीका सचिवालय प्रमुख अमृत गिरीले जानकारी दिए । निवर्तमान मुख्यमन्त्री र दलको नेताका रुपमा रहँदा कहिल्यै र कहीँकतैबाट पनि दोहोरो र कानुन विपरितको सेवासुविधा नलिएको समेत उहाँको सचिवालयले स्पष्ट पारेको छ ।