ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने
रोट्क्याट क्लब अफ बुटवलको २७ औ स्थापना दिवस

नगरभित्रका क्लबहरुलाई मापदण्डमा ल्याउछौ ।—नगरप्रमुख पाण्डेय

२ भाद्र २०८१, आईतवार
२ भाद्र २०८१, आईतवार

बुटवल, २ भदौ । नगरभित्रका क्लबहरुलाई मापदण्ड तयार गरेर समेट्ने तयारी गरेको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बताएका छन । सामाजिक कार्य गर्ने पवित्र उदेश्य बोकेका क्लबहरुलाई उपमहानगरपालिका हातोमालो गर्ने गरि अघि बढाउन लागेको उनले बताए । युवाहरुको नेतृत्व रहेको बुटवलकै सबैभन्दा पुरानो रोट्क्याट क्लब अफ बुटवलको २७ औ स्थापना दिवस कार्यक्रमको उद्घाटन गर्दै उनले युवाहरुलाई क्षमता विकाससंगै सामाजिक कार्यमा लाग्न क्लबहरु प्लेटफर्मका रुपमा रहेको दाबी गरे । बुटवलमा धेरै क्लबहरु मध्ये यो क्लबको छुट्टै पहिचान बनाउन सफल भएको भन्दै क्लबको गरिमालाई उचो राख्ने गरि नया नेतृत्व लाग्न सुझाव दिए । ‘यहाँ रहेका १७० वटा क्लबहरुलाई समेटेर क्लबको मापदण्ड बनाउदैछौ ।’—उनले भने ।

पालिकाको अभिन्न अंगको रुपमा जोडेर सरसफाइ, वृक्षारोपण लगायतको अभियानलाई जोडेर लैजान लागेको उनले बताए । सबै क्लब र क्लबका सदस्यहरु पालिकासंग जोडेर स्वस्थ्य, शिक्षा, हरियाली, उज्यालो, सरसफाई लगायत क्षेत्रमा कार्यविभाजन गरेर अघि बढ्न सकिने समभावना रहेको बताए । बुटवल केवल सम्पन्नताको शहर नभई कतिपय न्युन आय भएका पनि रहेको भन्दै सक्नेले नसक्नेलाई केही गर्ने गरि अघि बढ्न सुझाव दिए । युवा स्वदेशमा भएन भन्ने रदान गर्नभन्दा विदेशमा गर्ने मेहनत यहाँ गर्न सके देश बन्नेमा दुईमत नरहेको उनले दाबी गरे । विदेश जादा पनि सीप लिएर जान उनले आग्रह गर्दै पालिकाबाट धेरै सीप मुलक कार्यक्रमलाई जोड दिदै आएको उनले बताए । अहिले बजारमा पन्चेबाजा बनाउने, कृषि औजार निर्माण गर्नेको माग रहेको भन्दै यस विषयमा तालिममा जोड दिने बताए । क्लबबाट भएका सामाजिक कार्यको सामाजिक अडिट जरुरी रहेको उनले बताए ।

कार्यक्रममा पुर्वअध्यक्ष रोशन पाण्डेयले वर्ष २०२४/२०२५ का अध्यक्ष दिपेश कुमार अग्रहरीको बायोग्राफी पढेर सुनाए । वर्ष २०२३÷२०२४ का अध्यक्ष अर्जुन खनालले वर्ष २०२४/२०२५ का अध्यक्ष दिपेश कुमार अग्रहरीलाई पद हस्तान्तरण गरे । रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक ट्रेजरर माधव प्रसाद पराजुलीले पद तथा गोपनियताको शपथ खुवाएका थिए । क्लबका संस्थापक अध्यक्ष बोनिन पियाले अध्यक्ष अग्रहरीलाई चार्टर सर्टिफिकेट हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा वर्ष २०२४/२०२५ का अध्यक्ष दिपेश कुमार अग्रहरीले आफ्नो वार्षिक कार्ययोजना सार्वजनिक गर्दै युवाहरुलाई आयश्रोतमा जोड्ने गरि कार्यक्रम, महिला सदस्यहरु बढाउने, थिम कनेक्ट एण्ड एक्सपोज अनुसार मेरो पकेट फस्ट डस्टबिन जस्ता धेरैभन्दा धेरै कार्यक्रमहरु गर्ने प्रतिवद्घता जनाए ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष बोनिन पियाले परिवारपछि समाज र समुदायमा चिनिने र नेतृत्व विकास गर्ने उपयुक्त माध्यम रोट्याक्ट भएको बताए । रोट्याक्टमा आवद्घ हुदा नया साथीहरुको सर्कल प्राप्त हुने, नेतृत्व विकास हुने, फेलोसिपको माध्यमबाट ब्यक्ति र संस्थागत विकास गर्न मद्दत मिल्ने उनले दाबी गरे । रोट्याक्टको पहिलो सचिवालय बुटवलमा निर्माण भएको भन्दै यो भवनलाई थप स्तरवृद्घि गर्न जरुरी रहेको उनले बताए । आम्दा अस्पतालमा रहेको रोट्याक्ट गार्डेनलाई समेत थप ब्यवस्थित गर्न उनले सुझाव दिए ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जु, क्लबका प्रेसिडेन्ट ईलेक्ट कृष्ण अधिकारी, सचिव दिब्या रेग्मीले सामुहिक भावनाका साथ क्लब लाग्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?