ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

अमरपथ डुबान रोक्न वैकल्पिक उपाय अपनाउने तयारीमा पालिका

३१ श्रावण २०८१, बिहीबार
३१ श्रावण २०८१, बिहीबार

बुटवल, ३१ साउन । बुटवलको अमरपथ र आसपास क्षेत्र डुबान रोक्न उपमहानगरपालिकाले वैकल्पिक उपायको खोजी गर्ने निर्णय गरेको छ । बिहिबार डुबान क्षेत्रको अनुगमन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडाध्यक्षहरु र प्राविधिकहरुसहितको टोलीले वैकल्पिक उपायको खोजीमा आफुहरु रहेको बताए ।

इलाका प्रहरी कार्यालयदेखि तिनाउ नदीसम्मको नाला र अमरपथ हुँदै कृषि मण्डीतर्फको नालाको अनुगमनका क्रममा केही संघसंस्थाले नाला र नहरमाथि बनाएका संरचनाका कारण पानीको निकासमा अवरोध भएको र अमरपथदेखि कृषि मन्डीतर्फको नालाको वास्तविकता यकिन गर्न नसकिने भएकाले निकासमा समस्या देखिएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । विगतमा अमरपथदेखि बस्तीमुनिबाट मुख्य राजमार्ग कृषि मण्डी हुँदै तिनाउमा खस्ने पानीको निकासमा समस्या देखिएकाले अमरपथ क्षेत्र डुबान हुने गरेको नगर प्रमुख खेलराज पाण्डेयले दाबी गरे । ‘कतिपय स्थानमा नहरमाथि संरचना बनाइएकाले त्यस्ता संरचनाका कारण बाढीमा ओभरफ्लो भएर सडकमा पानी जम्मा हुने गरेको छ ।’—उनले भने ।

उनले

सडक र बस्तीको बीचबाट लगिएको निकासका बारेमा अध्ययन गर्ने, सम्भव हुने स्थानसम्म सरसफाई गर्ने र सहज विकल्प खोज्ने गरी नगरले योजना बनाउने निर्णय गरेको बताए । ‘नालामा भरिएको फोहोर र माटो सरसफाइ गरेर निकासलाई केही सहज बनाउने काम छिटै नै शुरु गर्छौं ।’—उनले भने । दिगो समाधानका लागि अमरपथतर्फ पानी आउन नदिने गरी त्यसभन्दा माथिको भागबाट नहरको पानी तिनाउमा खसाल्ने बाहेक तत्काल अरु विकल्प नदेखिएको उनले प्राविधिक टीमबाट सुझाव आएको बताए ।  उनले इलाका प्रहरी कार्यालय नजिकैबाट तिनाउमा पानी खस्ने गरी बनाइएको संरचना पनि सडक मुनिबाट रहेकाले त्यसको सरसफाइ गर्ने र केही पानी त्यहाँबाट बग्नसक्ने गरी व्यवस्था मिलाउने बताए ।
उपप्रमुख सावित्रादेवी अर्यालले तत्काल सम्भव भएसम्मको उपाय अपनाएर डुबान हुन नदिने गरी काम गर्ने बताइन् । उनले कतिपय स्थानमा नहरको क्षेत्र अतिक्रमण भएको र पानी बग्ने निकास रोकिएकाले डुबान भएको र यसको समाधानका लागि प्राविधिकसहितको टोली खटिएको बताइन् ।

वडाध्यक्षहरु हरिप्रसाद श्रेष्ठ र विष्णु ढकालले पानीको निकास हुने ठाउँहरुको अवरोध हटाउन सकेमा डुबानको समस्या केही कम हुने र दीर्घकालीन व्यवस्थापनका लागि विकल्पमा लाग्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?