© २०२३
गुल्मी –
जङ्गली च्याउ खाँदा गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ खानीगाँउका एकै घरपरिवारका ८ जना बिरामी परेका छन् । रेसुङ्गा सामुदायिक वनबाट टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने जङ्गली च्याउ खाँदा गएराति आठै जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बिरामी पर्नेहरूमा ६५ वर्षका टोमबहादुर थापा, उहाँकी श्रीमती ६२ वर्षकी दिलकुमारी, छोराहरू ३८ वर्षका लक्ष्मण र २९ वर्षका विकास, छोरी ४२ वर्षकी सिर्जना काउछा, नातिनीहरू १० वर्षकी दिपदिका र १२ वर्षकी बिनिसा थापा तथा पाहुना बस्न आएकी ३९ वर्षकी गीता थापा रहेका छन् ।
बिरामीलाई गुल्मी अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको प्रहरीले जनाएकाे छ ।