ट्रेंडिंग:

>> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना

खानेपानी आयोजनामा हिनामिना गर्ने ५ जना दोषी ठहर

२७ श्रावण २०८१, आईतवार
२७ श्रावण २०८१, आईतवार

काठमाडौँ —

मुगुको सोरु गाउँपालिका–५ मा खानेपानी तथा सिंचाई आयोजनाको रकम हिनामिना गरेको अभियोगमा मुगुका खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयका प्रमुख राजीव रिमालसहित ५ जना दोषी ठहर भएका छन् ।

विशेष अदालतले कार्यालयका प्रमुख रिमाल, सवइन्जिनियर नरबहादुर लाबड तथा खानेपानी आयोजनाका लागि गठित उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाहीलाई दोषी ठहर गरी ५ लाख ६१ हजार ४ सय ८१ रुपैयाँ जरिवाना र कैद सजायको फैसला सुनाएको हो । बिगो कायम गरिए बराबरको रकम प्रतिवादीहरुबाट असुल्न पनि अदालतले आदेश दिएको छ ।

आव २०७८/०७९ मा गाउँपालिकाको खानेपानी तथा सिंचाई आयोजनामा निर्माण गर्दा वडा नम्बर ५ स्थित नेर सिंचाई आयोजनाअन्तर्गत १ हजार ७ सय दूरीमा पाइप बिछ्याउन उपभोक्ता समिति गठन भएको थियो । तर, खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयका प्रमुख रिमाल र सवइन्जिनियर लाबड तथा उपभोक्ता समितिका तीनजना पदाधिकारीको मिलेमतोमा ८ सय १२.५ मिटर दूरीमा मात्रै पाइप बिछ्याएर बाँकीको हिसाब कागजमा मिलाई अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख ६१ हजार ४ सय ८१ रुपैयाँ बिगो कायम गरी पाँचजना विरुद्ध २०८१ वैशाख १ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायरको करिब ४ महिनापछि विशेष अदालतका न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलाशले आइतबार प्रतिवादी पाँचैजनालाई दोषी ठहर गरी कैदर जरिवानाको फैसला सुनाएको हो ।

अदालतले प्रतिवादीहरु रिमाल र लाबडलाई जनही ३/३ महिना कैद र जनही १ लाख १२ हजार २ सय ९६ रुपैयाँ जरिवाना असुल्न आदेश दिएको छ । सवइन्जिनियरलाई गलत नक्सांकन तयार पारेकोमा थप तीन महिना कैद र १० हजार जरिवानाको सजाय सुनाइएको छ । उपभोक्ता समितिका तीनैजना प्रतिवादीलाई जनही १ लाख १२ हजार २ सय ९६ रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।

फिल्डमा कम भएको कामलाई पनि झुट्टा नापी किताब, पहिलो र दोस्रो बिल स्वीकृत गरी बढी भुक्तानी गरी उपभोक्ता समितिलाई गैरकानुनी लाभ र सरकारलाई हानीनोक्सानी पुर्‍याएकोमा रिमाल र लाबड दोषी ठहर भएका हुन् । उपभोक्ता समितिका अध्यक्ष, उपाध्यक्ष र सचिव सम्झौताबमोजिम लागत अनुमानभन्दा कम काम गरी फिल्डमा नभएको कामको पनि भएको भनी भुक्तानीको लागि झुठा बिल पेस गरी बढी भुक्तानी लिई आफूलाई गैरकानुनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएकोमा दोषी ठहर भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?