© २०२३
बुटवल, २६ साउन । रुपन्देहीमा शुभकार्यमा गरिने भड्किलो र खर्चिलो कार्यक्रमलाई रोक्दै सामाजिक उत्तरदायित्वका अभियानमा जोड दिन थालिएको छ । शनिबार सियारी—५, छपियाका केशब भट्टराईले आफ्नो जन्मदिनलाई खुल्ला रक्तदान कार्यक्रम गरि मनाएका छन ।
नेपाल नियमित रक्तदाता संघ केन्द्रिय समिति, रोट्याक्ट क्लब अफ सेन्ट्रल सियारीको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो ।
होमल्याण्ड होम स्टेका सञ्चालक समेत रहेको रक्तदाता भट्टराईले आफ्नो जन्मदिनमा फजुल खर्चलाई रोक्नै पवित्र र मानवीय कार्य गरेर समुदायलाई उदाहरण पेश गरेका हुन । रगतको विकल्प रक्तदान हुदा पनि रक्तदान कार्यक्रम गरेको उनले बताए ।
कार्यक्रमको सियारी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष धनपति खरेलले उद्घाटन गर्दै रगत र रक्ततत्वको मागलाई पुरा गर्न स्वस्थ व्यक्ति रक्तदान अभियान चलाउनुपर्ने बताए ।
संघका केन्द्रिय अध्यक्ष दयाबहादूर सिलवालले रक्तदानको महत्वबारे प्रकाश पार्दै गाउगाउमा रक्तदानबारे अभियान चलाउन जरुरी रहेको बताए ।
कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका केन्द्रिय उपाध्यक्ष महेश खनालले हरेक युवा १८ वर्ष पुरा भएसंगै रक्तदानलाई निरन्तरता दिनुपर्ने बताए । रुपन्देहीमा दैनिक १२० पिन्टस रगत माग हुदै आएको हुदा पनि रक्तदाता बढाउन जरुरी रहेको उनले बताए ।
नेपाल नियमित रक्तदाता संघले प्रत्येक महिनाको दोस्रो र तेस्रो शनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने आएको छ ।
कार्यक्रममा ३० पिन्टस रगत संकलन भएको संघका सचिव मञ्जु गिरीले बताईन ।