ट्रेंडिंग:

>> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने

बगनासकाली गाउँपालिकामा चरम आर्थिक अनियमितता

२७ श्रावण २०८१, आइतबार
२७ श्रावण २०८१, आइतबार

पाल्पा, २७ साउन

पाल्पाको बगनासकाली गाउँपालिकाले ९८ लाख ८८ हजार अनियमित रुपमा खर्च गरेको छ । पालिकाले तलव, भत्ता, भ्रमण र मनोरञ्जनमै मनलाग्दी रकम खर्च गरेको पाइएको हो ।

महालेखा परीक्षकको आर्थिक वर्ष ०७९÷०८० को प्रतिवेदन अनुसार सरकारी रकम जथाभावी दुरुपयोग गरेको पाइएको छ । जसलाई महालेखाले बेरुजुको रुपमा उल्लेख गरेको छ । उसले प्रकोप व्यवस्थापन कोषमा ३ लाख २६ हजार अनियमितता गरेको छ । प्रकोप व्यवस्थापन कार्यक्रमबाट प्रकोप नियन्त्रण तथा प्रकोपबाट पीडितलाई राहत उपलब्ध गराउनुपर्नेमा दुई जना कर्मचारीका लागि तलव भत्तामा उक्त रकम पालिकाले खर्चेको हो । पालिकाले महिला लक्षित कार्यक्रम भन्दै अनुत्पादक क्षेत्रका मनोरञ्जनका कार्यक्रममा ६ लाख ८० हजार खर्च गरेको छ । जसमा दर खाने कार्यक्रम, तिज गित प्रतियोगिता र एकल महिलाहरुको अवलोकन भ्रमणका लागि मात्र ५ लाख ८९ हजार खर्च गरेको हो । बाँकी रकम मात्र जुत्ता, चप्पल तालिममा खर्चेको छ । महिलाहरुको सशक्तिकरणका लागि तालिम, सिपविकास र आयआर्जनका क्षेत्रमा खर्च गर्नुपर्नेमा कुल खर्चको १३ प्रतिशत मात्र तालिममा खर्च गरिएको देखिन्छ ।

स्थानीय सरकार सञ्चान ऐन २०७४ को दफा ८३ (८) मा प्रहरी, सवारी चालक, बगैंचे, पलम्वर लगायतका पद तथा सेवामा बाहेक करारमा नियुक्त गर्ने व्यवस्था छैन तर पालिकाले भने इञ्जिनियर, सव इञ्जिनियर, पशु÷कृषि प्राविधिक सहित २४ कर्मचारी करारमा नियुक्त गरी १ करोड ३४ लाख २७ हजार खर्च गरेको छ । उसले यी बाहेक स्वीकृत दरबन्दी बाहिरका सहायक कम्प्युटर, कार्यालय सहायक समेतका पदमा १० जना कर्मचारी नियुक्त गरी ३७ लाख १० हजार तलव भत्तामा खर्च गरेको छ । अन्य पालिकाले जस्तै बगनासकालीले सामाजिक सुरक्षा भत्ता वितरण गर्न वडामा खटिने कर्मचारीलाई दैनिक भत्ता बापत १० हजार २ सय र सवारी साधान भाडाबापत २४ हजार भुक्तानी दिएको पाइन्छ । यस्तै पालिकाले पदाधिकारी र कर्मचारीलाई योजना अनुगमन भत्ताबापत २ लाख ४८ हजार, अवलोकन भ्रमणमा १० लाख, सवारी भाडामा १ लाख ९५ हजार, कर्मचारीको भिल्ड भत्ता २ लाख ९७ हजार मनपरी खर्च गरेको पाइन्छ । नपाल्पाको बगनासकाली गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष ०७९÷०८० को प्रतिवेदनअनुसार सरकारी बजेट खर्च गर्दा स्थानीय तहले अपनाउनुपर्ने वित्तीय अनुशासनको बेवास्ता गरी उसले सरकारी रकम जथाभावी दुरुपयोग गरेको पाइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?