© २०२३
बुटवल, २६ साउन । रोटरी सामुदायिक गाउ बसन्तपुरमा सर्पदंश सम्बन्धी सचेतना तथा विद्यालयको स्तरवृद्धिबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ बुटवलले शनिबार सामुदायिक गाउ बसन्तपुरमा १५२६ औ बैठक तथा विविध सचेतनामुलक कार्यक्रम गरेको हो ।
कार्यक्रममा क्लबका अध्यक्ष प्रज्वल थान्जुले विकासबाट पछि परेको रुपन्देहीको बसन्तपुरमा शिक्षा, स्वस्थ्य र सरसफाईको विषयमा विगत लामोसमयदेखि महत्वपूर्ण काम गर्दै आएको बताए । रोटरीबाट छात्रवृत्ति पाएका धेरै गाउका युवाहरु आफनो उज्वल भविष्यतर्फ लम्किएको उदाहरण दिदै उनले यसवर्षपछि परियोजनाहरु ल्याउने प्रतिवद्धता जनाए । गाउमा माग भएअनुसार यो वर्ष वृहत स्वास्थ्य शिविरको साथमा फुलबारी आधारभुत विद्यालयको स्तरवृद्धिमा जोड दिने उनले बताए । विगतमा जसरी नै विद्यालयमा छात्रवृत्तिलाई निरन्तरता, पुस्तकालय र शौचालय निमार्णको परियोजना समेत ल्याउने प्रतिवद्धता जनाए । समुदायस्तरमा रक्तदानबारे सचेतना दिने गरि कार्यक्रम समेत आयोजना गरिने भएको उनले बताए ।
कार्यक्रममा आरसिसि बसन्तपुरमा वडा अध्यक्ष यज्ञ अर्यालले बालबालिकाहरुलाई शिक्षाको ज्योतीबाट उज्यालो बनाउने गरि शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारमा विशेष जोड दिएको बताए । यस वर्ष विद्यालयको भौतिक विकासमा पाच लाख रुपैया बजेट बिनियोजना गरेको समेत जानकारी दिए ।
यसैगरि विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र भौतिक पूर्वाधार विकास गर्ने विषयमा क्लबका टीच सब कमिटिका चेयर शिव कुमार ज्ञवालीले विद्यालयको शिक्षा कस्तो हुने, गुणस्तर वृद्धिमा कसरी जोड दिने र विद्यालयमा विद्यार्थी संख्या बढाउने विषयमा कसरी अघि बढ्ने, विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय ब्यवस्थापन समितिको भुमिका कस्तो हुने भन्ने बारेमा आफनो प्रस्तुती पेश गरे ।
यसैगरि सर्पदंशको जोखिम बढ्दै गएको बेला गाउमा सर्पदंशबारे सचेतनामुलक पोष्टर र जानकारी दिईएको थियो । सर्पदंश के हो, सर्पदंशबाट बच्न कस्तो सावधानी अप्नाउने, भएमा कसरी प्राथमिक उपचार गर्ने भन्ने जानकारीमुलक फोटोसहितको पोष्टर विद्यालय, गाउमा हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा आरसिसिका अध्यक्ष लिलिधर घिमिरे, प्रधानाध्यापक हुमलाल ढकाल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगत गिरिले रोटरीको पहलमा पिछडिएका ग्रामिण गाउमा शिक्षा, स्वास्थ्य र सरसफाईको राम्रो ज्ञान बढेको भन्दै यसलाई थप जोड दिन आग्रह गरे ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी