ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

लायन्स सयपत्रीको पदस्थापनामा विभिन्न कार्यक्रमहरू सम्पन्न

२६ श्रावण २०८१, शनिबार
२६ श्रावण २०८१, शनिबार

बुटवल, २६ साउन ।
लायन्स क्लब अफ बुटवल सयपत्रीले बुटवलमा विभिन्न कार्यक्रमहरू सहित आफ्नो पदस्थापना सम्पन्न गरेको छ । बर्ष २४—२५ का अध्यक्ष कमला बस्नेत कुँवरको अध्यक्षता र लायन्स ३२५ पि का डिष्ट्रिक गर्भनर पुरुषोत्तमभक्त प्राधानां·को प्रमूख आतिथ्यतामा आयोजित कार्यक्रमलाई विविधता सहित सम्पन्न गरेको अध्यक्ष कुँवरले बताईन् ।
कार्यक्रममा लायन्स क्लब अफ बुटवल सयपत्रीको स्पोन्सरमा आफ्नो युवा संगठनको रूपमा लियो क्लव अफ बुटवल सयपत्री गठन गरी पदास्थापन समेत गरिएको उनले जानकारी दिईन ।

त्यसैगरी युवाहरू व्यक्तिगत रूपमा र सामूहिक रूपमा उनीहरूको नेतृत्व विकास, क्षमता विकास र समुदाय प्रति जिम्मेवार बन्न सकुन भन्ने उद्देश्यका साथ महिलाहरू मात्र सदस्य रहने गरी नयना कुँवरको अध्यक्षतामा २४ सदस्यीय लियो क्लब अफ बुटवल सयपत्री गठन गरीएको छ । कार्यक्रममा क्लबमा नयाँ विचार र ऊर्जा ल्याउन १८ जना महिलाहरूलाई लायन्स क्लब अफ बुटवल सयपत्रीको नयाँ सदस्यता प्रदान गरीएको समेत उनले बताईन । अध्यक्ष कुँवरले क्लवको तर्फबाट आफूले मानवीय प्रयासलाई समर्थन गर्दै मेलभिन जोन्स फेलोशिप (एमजेएफ) सदस्यता लिएको तथा लायन्स समुदाय भित्र नेतृत्व विकासलाई प्रवर्द्धन गर्न क्लबका पूर्व अध्यक्ष सवनम श्रेष्ठ सहित १० जनाले लायन्स क्लब नेपाल लिडरसिप फाउन्डेसन (एन एल एफ) सदस्यता लिएको उल्लेख गरीन । यस्तै कार्यक्रममा अध्यक्ष कुँवरले डिष्ट्रिकको थिम “सीप सिकौंं आत्मनिर्भर बनौं” भन्ने सोंचलाई आत्मसाथ गरी सयपत्री क्लबले इच्छुक, क्षमतावान तर स्थान नपाएका व्यक्तिहरूलाई आत्मनिर्भर गराउने हेतुले रु. २ लाख ५० हजार बराबरको १७ जना युवतीहरूलाई निःशुल्क कम्प्युटर तालिम दिने घोषणा गरीन् ।

लायन्स क्लब डिष्ट्रिक ३२५ पि को थिम “सँगसंगै सफलता हासिल गरौ” भन्ने नारालाई मुर्तरूप दिन महिलाहरू माझ स्वरोजगार, व्यवसायी र उद्यमशिलतालाई प्रोत्साहन गर्दै महिला शसक्तिकरणको लागि रूपन्देही जिल्लाको विभिन्न १० स्थानमा करीब ३ सय महिलाहरूलाई बाटेको धुप बनाउने तालिमको आयोजना गरीएको र लायन्स ग्लोबल कज अन डायबिटिज अन्तर्गत टाइप १ मधुमेह भएका बालबालिकाका लागि एक दिने शिविरको आयोजना गरी मधुमेह भएका बालबालिकाको परिवारलाई मधुमेह व्यवस्थापन र स्वस्थ्य जिवन शैलीको अभ्यास, नियमित चेकजाँच र मधुमेहबारे सचेतना जगाउने उद्देश्यले चिकित्सा सहयोग, शिक्षा र स्रोतहरू उपलब्ध गराइ प्रभावित बालबालिका र उनीहरूका परिवारहरूको जीवनस्तरमा सुधार ल्याउने लक्ष्य रहेको अध्यक्ष कुँवरले बताईन ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं.९ बस्ने ४ बर्षको अंसित न्यौपाने बल्ड क्यान्सर (थेलेसिमिया) बाट बिरामी भई इन्डियाको पंजाब चन्ढीगढको पिजिआई अस्पतालमा उपचार गराईरहेको हँुदा क्लबको नेतृत्वमा रु. २५ हजार सहयोग, थेलेसेमिया तथा बल्ड क्यान्सरका बच्चाहरूलाई उपचारका लागि ५ हजार १ सयबाट अक्षयकोषको स्थापना, जनजागृति स्कूलमा अध्ययनरत तीन जना विद्यार्थीहरूका लागि कक्षा १० सम्म निःशुल्क अध्ययनका लागि आफूहरूद्वारा रु. ५ हजारको छात्रवृत्ति अक्षयकोषको शुरुवात घोषणा गरेको अध्यक्ष कुँवरले जानकारी दिईन ।

क्लबले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक गर्भनर पुरुषोत्तमभक्त प्राधानां·ले समाजमा बाँच्न पाउने अधिकार हरेक नागरिकको भएको हुँदा सक्नेले नसक्नेलाई सहयोग गर्नु क्लवको उद्देश्य मात्र नभई मानवीय कर्तव्य र धर्म भित्र पर्ने हुँदा लायन्स क्लव अफ बुटवल सयपत्री हरेक समय हरेक क्षेत्रमा यस्ता उदाहरणीय कार्य गर्दै समाजमा आफूलाई अब्वल सावित गर्दै आएकोे बताए ।

कार्यक्रममा मल्टिपल मार्केटिड कोर्डिनेटर अरूण प्रताप राणा र निवर्तमान डिष्ट्रिक गर्भनर अर्जुनमान सैंजु, प्रथम भिडिजी बालाराम भट्टराई, दोश्रो भिडिजी संन्दिप कसौधन, पूर्व गर्भनरहरू सुनिल वझा, नवराज न्यौपाने, महेन्द्रनारायण श्रेष्ठ, डिष्ट्रिक सचिव माधव खनाल, डिष्ट्रिक कोषाध्यक्ष प्रकाश श्रेष्ठ र डिष्ट्रिक प्रमुख सल्लाहकार खेम हमाल, एक्टेनसन चियरपर्सन द्वारिका प्र. श्रेष्ठ, लियो डिष्ट्रिक गर्भनर श्रद्धा कुँंवर, नयाँ लियो क्लब अध्यक्ष नयना कुंँवर, एरिया चिफ दिपक श्रेष्ठ, रिजन चियर पर्सन विष्णु उपाध्याय, जोन चियरपर्सन महेश श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रम क्लबका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक सविना श्रेष्ठको धन्यवाद र सचिव शान्ती लक्ष्मी अर्यालको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?