ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

समाजको १३७ औ नियमित रक्तदान कार्यक्रम

२६ श्रावण २०८१, शनिबार
२६ श्रावण २०८१, शनिबार

बुटवल, २६ साउन । रुपन्देहीमा रक्तदान अभियान चलाउदै आएको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको १३७ औ नियमित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पाठक कृषि फर्मको सौजन्य तथा ढाकावाङ–रुपन्देही सम्पर्क समाजको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार सेवा केन्द्र बुटवलमा शनिबार साउनको अन्तिम सोमबार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको एक समारोहका बिच नेपाल चिकित्सक संघ लुम्बिनी अंचलका अध्यक्ष डा कृष्ण खरेलले जन्मदिन परेका रक्तदाता कृष्ण प्रसाद नेपाललाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गर्दै उद्घाटन गरे । कार्यक्रममा डा खरेलले रगत अभाव के हो भन्ने आफुलाई राम्रो अनुभव गरेको बताए । ‘मेरो परिवारमा परेको पिडाले मलाई अहिले पनि झकझकाउछ ।’— उनले भने । काठमाण्डौमा उपचारका क्रममा बुबालाई एक जना विदेशी रक्तदाताको सहयोगमा उपचार गरेको उनले स्मरण गरे । यही कुराको प्रेरणा मिलेर आफु अध्ययनको क्रममा बंगलादेशमा रेयर ब्लड ग्रुप समूह गठन गरेर रक्तदान गरेको उनले बताए । रगतको आयु ९० दिन हुने हुदा पनि एउटा स्वास्थ्य मानिसले यो अवधिमा रगत दिन सक्ने भन्दै उनले पछिल्लोसमय चिकित्सक पेशामा सुरक्षाभन्दा पनि सुपर सुरक्षाको अप्नाउनुपर्ने स्थिती आएको दुखेसो गरे ।

कार्यक्रममा समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले ११ वर्ष ५ महिनादेखि निरन्तर शनिबार रक्तदान अभियान चलाएको बताए । रुपन्देहीमा रक्तदाताहरुको संख्या थपिदै जादा रक्तदानको अभाव समेत थपिदै गएको बताए । रगतको खपत बढ्दा माग बढेको छ । यसलाई कम गर्न सरोकारवाला निकायबाट ब्यवस्थापन हुन जरुरी रहेको उनले बताए । पछिल्लोसमय उच्च रक्तचाप र मधुमेहको बिरामीहरु समेत रक्तदान गर्न मिल्ने वरिष्ठ चिकित्सकहरुको भनाई बाहिरिदा ब्लड ब्यवस्थापनमा लागेको ब्लड बैक भने यो स्वीकार नगर्दा समस्या देखिएको उनले बताए । विद्यालय स्तरका समूह अन्य क्षेत्रमा लागेपनि रक्तदानमा नआउने गरेको उनले दुखेसो गरे । दैनिक १२० युनिट माग हुँदै आएको उनले बताए । रक्तदान गर्दा निरोगी रहेको प्रमाणपत्र समेत हुने उनले बताए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाका सभापति कृष्ण प्रसाद भट्टराईले रक्तदान बढ्दा पनि रगतको अभाव देखिनु गम्भीर अवस्था सृजना भएको भन्दै यसको छिटो बिकल्प खोजिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा ढाकावाङ–रुपन्देही सम्पर्क समाजका अध्यक्ष कृष्ण प्रसाद खनाल, संयोजक जानकी नेपाल, सचिव अर्जुन पौडेलले समाजमा अझै पनि रक्तदानको महत्व बुझाउने गरि अभियान चलाउनुपर्ने अवस्था देखिएको बताए । कार्यक्रममा समाजको आजिवन सदस्यता लिएका नया सदस्यहरुलाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?