ट्रेंडिंग:

>> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ >> वीरगन्जमा निषेधाज्ञा हट्यो >> बरूण धवन यो बर्ष बुवा डेभिडसहित थप ३ फिल्ममा देखिदै >> धाक धम्की दिई रकम उठाएको आरोपमा पत्रकार पक्राउ >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> मेलमिलाप सम्बन्धी आधारभूत तालिम >> स्वेच्छाले अमेरिका छाडनेलाई पैसा देखी हवाई टिकटसम्म निःशुल्क >> आइपिएलमा मुम्बई इन्डियन्सको तेस्रो जित >> सिरहामा चट्याङ लागेर कृषकको मृत्यु >> दोश्रो गुल्मी महोत्सव तयारी पुरा >> सम्पदा दिवसः संरक्षणमा ढिलाई किन ? >> डुबान जोगाउने गुरुयोजनामा आशंका >> राप्तीको बगरमा लटरम्म तरबुजा >> राप्ती साहित्य परिषदले २४ जना स्रष्टा पुरस्कृत गर्दै >> ’ट्रान्सजेन्डर महिला’ अब बेलायतमा ‘महिला’ कोटावाट बाहिर >> शुद्धोधन गाउँपालिकाका अध्यक्ष माथि गोली प्रहार >> स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने >> सुमनाले रास्वपा बैठकमा दिइन् रविलाई राजीनामा बुझाएको जानकारी >> एल डोराडो एवेन्यूमा कविता वाचन तथा ब्याण्डको प्रस्तुति हुने >> सहकारी, लघुवित्त पीडितको पक्षमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता

सात पटक विज्ञापन गर्दा पनि पाइएन गणित शिक्षक

२६ श्रावण २०८१, शनिबार
२६ श्रावण २०८१, शनिबार

सुनवल, २६ साउन ।
पश्चिम नवलपरासीको रामग्राम १८ पण्डितपुरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा सात पटक विज्ञापन आह्वान गर्दा समेत गणित शिक्षक पाईएको छैन् । गत वर्ष देखि गणित शिक्षक नहुँदा कामचलाउ तवरबाट कक्षा सञ्चालन हुँदै आएको छ । माध्यमिक तह तृतिय श्रेणीमा गणित विषयको नगर अनुदान कोटामा गणित विषयमा स्नातक वा सो सरह उत्तीर्ण नेपाली नागरिक बाट दरखास्त आह्वान गरेपनि सात पटक विज्ञापन प्रकाशन गर्दा समेत कोही पनि दरखास्त पेश गर्न आएका छैनन् ।

नगर अनुदान कोटामा मावि तहमा गणित विषय पढाईरहेका हरिशंकर चौधरीले प्रावि तहमा स्थायीमा नाम निकालेपछि उनि अन्यत्रै सरुवा भएका कारण गत वर्ष देखि गणित शिक्षक बिनानै विद्यालयले पठनपाठन गराईरहेको छ । १७ जना शिक्षक शिक्षिका रहेको उक्त विद्यालयमा मा वि तहमा तीन जना शिक्षक मात्र छन् । मावि स्थायीमा प्रधानाध्यापक मात्र छन् भने संघीय अनुदान कोटाका दुई जना अंग्रेजी र विज्ञान शिक्षक रहेको विद्यालयले जनाएको छ । सातौँ पटक साउन २१ गते एक हप्ता समय दिएर विज्ञापन आह्वान गरिएपनि हाल सम्म कसैले पनि दरखास्त पेश नगरेको विद्यालयका प्रधानाध्यापक ऋषिराम ढकालले बताए । ‘विद्यालयमा गणित शिक्षक नभएपनि कक्षा रोकिएको छैन, वैकल्पिक व्यवस्था गरेर अध्यापन भईरहेको छ, तर मावि तहकै शिक्षक नियुक्त गर्न पाए थप प्रभावकारी हुने थियो, प्रधानाध्यापक ढकालले भने ।’

हाल विद्यालयमा प्रावितहकि स्थाई शिक्षक रिमा चापागाईले कक्षा नौ र दशमा गणित अध्यापन गराउदै आएकि छन् । प्रा.वि तहको भएपनि शैक्षिक योग्यताका आधारमा उहाँलाई कक्षा लिन दिएको हो, प्रधानअध्यापक ढकालले भने । दरखास्त नपरेपनि विगतमा एक दुई जनाले फोन मार्फत सोधपुछ गर्ने गरेको तर तलब स्केल थाहा पाएपछि दरखास्त दिन नआएको विद्यालयले जनाएको छ । नगरपालिकाले गत वर्ष चार हजार थप गरी नगर अनुदान कोटा (करार) को तलब २६ हजार रूपैयाँ तय गरेको छ । रामग्राम नगरपालिकाका शिक्षा अधिकृत सुन्दर खनालले शिक्षक अभाव देशभरको समस्या भएको भएको भन्दै उक्त विद्यालयमा दरबन्दीनै नहुदा समस्या हुदै आएको बताए ।

विगतमा विद्यालय स्थापना गर्ने क्रममा विद्यालय संञ्चालनको अनुमतीलाई मात्र जोड दिदा यसतो समस्या देखिएको बताउँदै दरबन्दी नभएकै कारण स्थानिय तह र संघिय सरकारले अनुदान कोटा सृजना गर्नुपरेको बताए । रामग्रामका अन्य विद्यालयमा भने यस किसिमको समस्या सृजना नभएपनि पण्डितपुरमा पटक पटक विज्ञापन प्रकाशन गर्दा समेत कोहि नआएको खनालको भनाइ छ । पछिल्लो समय गणित विषयका शिक्षकको अभाव बढ्दै गएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission