© २०२३
भैरहवा, २५ साउन ।
रुपन्देहीको भैरहवास्थित भीम अस्पतालले ‘मर्चुरी फ्रिज सेवा’ (शवलाई सुरक्षित राख्ने फ्रिज) को शुल्क रु. ५ सय तोकेको छ । यसअघि अस्पतालले रु. १ हजार रुपैयाँ शुल्क लिदै आएकोमा अब भने यो सेवाका लागि रु. ५ सय लाग्ने भएको छ ।
नागरिकको माग तथा स्थानीय सरोकारवालाहरुको सुझावअनुसार अस्पताल विकास समितिले यो निर्णय गरेको अस्पतालको प्रमुख एवं मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ताले बताइन् । ‘हामीले सकेसम्म मर्चुरी फ्रिज सेवालाई निःशुल्क रुपमा उपलब्ध गराउने प्रयास गरेका हौं, तर विद्युतलगायत केही खर्चका कारण तथा अस्पताल विकास समितिलाई पनि भार नपर्ने गरी हाललाई रु. ५ सय तोकेका छौं । मैले दोस्रोपटक अस्पताल प्रमुखको जिम्मेवारी सम्हालेपछि यो निर्णय गरिएको हो, ’उनले भनिन् ।
त्यस्तै अस्पतालमा स्वास्थ्य बीमा सेवा र ज्येष्ठ नागरिकको लागि फार्मेसी सेवाका निम्ति छुट्टै युनिट स्थापना गरिएको डा. गुप्ताले जानकारी दिइन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी