ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

‘सार्वजनिक जग्गामा बनेका संरचना हटाउ’

२५ श्रावण २०८१, शुक्रबार
२५ श्रावण २०८१, शुक्रबार

प्युठान, २५ साउन ।

सार्बजनिक जग्गा मिचर बनाइएका संरचना हटाउन प्युठान माण्डवी गाउँपालिकाले ३५ दिने समयसीमा दिएको छ । अतिक्रमण भएका जग्गाहरूलाई फिर्ता ल्याउने निर्णय अनुरूप संरचना तथा आफ्ना सामग्री हटाउन पैतिस दिने अल्टिमेटम दिएको हो ।
माण्डवी गाउँपालिकाले यस अघि २०८१ साउन ४ गते, २०८० चैत्र १५ गते सरकारी वा सार्वजनिक जग्गामा बनाइएका संरचनाहरू हटाउन सूचना जारी गरेकोमा थियो । पटक पटक सूचना गर्दा जग्गाको गैरकानुनी प्रयोग नहटेकाले व्यक्तिगत रूपमै संरचनाको विवरण सहित ३५ दिन भित्र जग्गा खाली गर्न गाउँपालिकाले सूचना जारी गर्नु परेको माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले जानकारी दिए ।

गाउँपालिकाले सार्बजनिक जग्गाको नापजाँचका लागि साउन ४ गते देखि गाउँपालिकाका अमिनलाई सडक क्षेत्रमा बनेका सार्वजनिक जग्गाका संरचनाको विवरण सङ्कलन गरेको थियो । टोलीले नापजाँच गर्दा ६८ ठाउँमा सार्वजनिक जग्गाको गैरकानुनी प्रयोग भएको पाएको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले बताए । ‘सरकारी वा सार्वजनिक जग्गा सरकारकै हुनुपदर्छ’ अधिकारीले भने ,‘खाली गर्न अनुरोध गरिएका जग्गा खाली नगरे गाउँपालिकाले गराउनेछ ।’ सार्वजनिक जग्गामा पक्कि घर, कच्ची घर, टहरा, गोठ, खार, प्रहरी पोस्ट, बिद्यालय बाउन्ड्री, शौचालय तथा खाजा घर, खोलामा पर्खाल, सार्वजनिक जग्गामा खेतिपाती गर्ने लगायतमा कार्यहरू भएका छन् ।
मुलुकी देवानी संहिताको परिच्छेद ५ मा सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिसम्बन्धी व्यवस्थाको धारा २९९ देखि धारा ३१३ मा स्पष्ट व्यवस्था गरेको छ । धारा ३०४ को उपधारा २ ले सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सम्बन्धित जिल्ला स्तरीय प्रशासन र स्थानिय तहको हुनेछ भनी स्पष्ट तोकिएको छ । माण्डवी गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सरकारी वा सार्वजनिक सम्पत्तिको संरक्षणका लागि कारबाही अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

तोकिएको समय सीमाभित्र समेत अटर गरी संरचना नहटाएमा वा अतिक्रमित क्षेत्रबाट नहटेमा गाउँपालिकाले नै उक्त संरचनाहरू हटाउने र अतिक्रमित क्षेत्र खालि गर्ने साथै सोको लागि खर्च भएको रकम सरकारी बाँकी सरह सम्बन्धित व्यक्तिले व्यहोर्नु पर्ने प्रावधान रहेको छ ।
माण्डवी गाउँपालिकाका कुनै वडाबाट सूचना नदिइएको जिल्ला प्रशासन कार्यालय प्युठानका सूचना अधिकारी प्रशासकीय अधिकृत जालन्धर भुसालले जानकारी दिए । ‘सूचना र उजुरीमा परेका संरचना तथा गैरकानुनी प्रयोगलाई तुरुन्तै कारबाही प्रक्रिया अघि बढाएका छौं,’ भुसालले भने,‘करिब ६३ रोपनी जग्गा गौचनमा परिवर्तन, घर हटाउनका लागि निश्चित समयसीमा दिएर लिखित प्रतिबद्धता सहित कारबाही शुरु गरेका छौं ।’ प्युठान नगरपालिका ८ को केही संरचना हटाइएको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?