ट्रेंडिंग:

>> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

हिलपार्कको प्राकृतिक सौन्दयीकरणमा जोड

२३ श्रावण २०८१, बुधबार
२३ श्रावण २०८१, बुधबार

बुटवल, २३ साउन । आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषकको केन्द्रका रुपमा रहेको बुटवलको हिलपार्कलाई दीर्घकालिन योजनासहित प्राकृतिक सौन्दयीकरणलाई जोड दिनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । हिलपार्क उत्कृष्ट गन्त्ब्य बनाउने गरि लाग्न सरोकारवाला निकायहरुको सुझाव दिएका हुन ।

रोटरी क्लब अफ बुटवल डाउनटाउनले बुधबार हिलपार्क विकास परिषद क्षेत्रमा गरेको वृहत वृक्षारोपण कार्यक्रममा क्लबका अध्यक्ष शिव ज्ञवालीले बुटवलबासीको सम्पत्ती हिलपार्कलाई थप सौन्दयीकरण र प्राकृतिक पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । ‘हामी हिलपार्कको सौन्दयीकरणमा हातेमालो गर्न तयार छौ ।’—उनले भने । परिषदको नेतृत्वसंग सहकार्य गरि आफुहरु काम गर्न तयार रहेको उनले प्रतिवद्धता जनाए । क्लबको सचिवालयसमेत रहेको हिलपार्कलाई थप ब्यवस्थित र सुन्दर बनाउनु जिम्मेवारीको रुपमा लिएको उनले बताए । हामीले मुलगेटदेखी माथिसम्मको सडकलाई भाईरल रोडका रुपमा चिनाउने गरि एउटै थरका फुलका बिरुवा रोप्ने र हुर्काउने लक्ष्य राखेको उनले बताए । ‘एक सय कल्कीका बिरुवा रोपेका छौ ।’—उनले भने । चराचुरुङ्गीहरुको चिरबिरसँग हिलपार्कमा मर्निङवाक र ईभिनिङ वाक गर्नेहरुलाई यो सडक थप आर्कषक बन्न सक्ने उनले दाबी छ । यो वर्ष रोटरी डिष्ट्रिकमा रहेका १५६ क्लबहरुबाट एक लाख बिरुवा रोप्ने योजना अनुसार वृक्षारोपण गरिएको उनले बताए ।

कार्यक्रममा परिषदका अध्यक्ष टंक पराजुलीले कुनै बेला चिहान डाडा र लागु औषध सेवनकर्ताको अखडा बनेको हिलपार्कलाई ब्यवस्थित गरि पर्यटकिय स्थलको रुपमा विकास हुन धेरै समयमा लागेको बताए । शहरको भिडभाडबाट निस्केर शान्त, मनोरम र हरियाली चाहनेहरुलाई उत्कृष्ट गन्त्ब्य भएको उनले दाबी गरे । हिलपार्कलाई विकास गर्ने धेरै सम्भावनाहरु हुँदाहुँदै पनि दीर्घकालीन गुरुयोजनाको अभाव, स्थानीय तह तथा सरकारी उदासिनता देखिएको भन्दै अब यसतर्फ विशेष योजनाहरु बनाउने उनले प्रतिवद्धता जनाए । कंक्रिटभन्दा पनि प्रकृतिमैत्री पूर्वाधारमा जोड दिने उनले बताए । हिलपार्कमा प्रवेश गरेदेखि डाँडाको टुप्पामा पुग्दासम्म ४ सय ८० सिँढी रहेका छन ।

रोट्याक्ट बुटवल डाउनटाउन, रोट्याक्ट बुटवल रामापिथेकस, रोट्याक्ट बुटवल सिर्नजी, ईन्नरह्विल क्लब अफ बुटवल जितगढीको सहकार्य तथा रोटरी क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ जोन २८ का एजी जीवन अर्याल, परिषदका अध्यक्ष टंक पराजुली, क्लबका अध्यक्ष शिव ज्ञवाली, निवर्तमान अध्यक्ष कमला हमाल, क्लबका सचिव कमल नेपाल, रोट्याक्टका पूर्वअध्यक्ष विष्णु घिमिरेले वृक्षारोपण गरेका थिए । कार्यक्रममा हिलपार्कको मुलगेटदेखी माथिल्लो पिकनिक स्पटसम्म सडक किनारामा कल्की, निम र बेलका एक सय बिरुवाहरु रोपिएको तथा रोटरी बगैचासमेत सरसफाई गरिएको संयोजक भरत रानाले बताए ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?