© २०२३
बुटवल, २३ साउन । शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन सफल स्कलर्स होम सेकेण्डरी स्कुलले विद्यार्थी तथा शिक्षक सम्मान कार्यक्रम गरेको छ । राष्ट्रिय परिक्षा बोर्डको कक्षा ११ र १२ (विज्ञान र ब्यवस्थापन) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विषयगत शिक्षकलाई सम्मान गरेको हो ।
कार्यक्रममा स्कलर्स होम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनहरी बश्याल, उपप्राचार्य टिकाराम गौतम, प्राचार्य बाबुराम बन्जाडे, एम्स कलेज प्रमुख दिपक ढकाल, विद्यालयका प्रशासन प्रमुख राजु पौडेलले बुधबार विद्यार्थी तथा शिक्षकहरुलाई खादा र मायाको चिनोबाट सम्मान गरे । यसवर्षको राष्ट्रिय परिक्षाबोर्डमा विद्यालयबाट कक्षा १२ मा ३.७७ जिपिए सहित आशिष बेल्बासे उत्कृष्ट नतिजा ल्याएर उतिर्ण भएका छन । यसैगरि ३.७६ जिपिए ल्याएकी अंकिता क्षेत्री, ३.७२ जिपिए दीक्षा महतो, ३.७२ जिपिए प्रतीक पाण्डेसहित १२ जना ए प्लस, ५० जना ए ल्याएर उर्तिण विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनहरी बश्यालले केवल मुनाफाभन्दा पनि शैक्षिक सेवाभावनाका साथ विद्यालय संचालन भएको दाबी गरे । पछिल्लोसमय ब्यवस्थापन कलेजका रुपमा परिचित एम्स कलेजलाई विद्यालयसंगै गाभेर शिक्षामा अझ उत्कृष्ट नतिजा दिने योजना रहेको उनले बताए । विद्यालयबाट प्लस टु अध्ययनपछिका विद्यार्थीहरुलाई मागलाई ध्यानमा राखेर एम्स कलेजसंग सहकार्य भएको उनले दाबी गरे ।
कार्यक्रममा प्राचार्य बाबुराम बन्जाडेले केवल किताबी ज्ञानमात्र नभई अतिरिक्त ब्यवहारिक शिक्षाकै कारण विद्यार्थीहरुबाट उत्कृष्ट नतिजा आएको दाबी गरे । खेलकुद, नृत्यमा समेत विद्यालयबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सफल भएको उनले बताए । प्लस टु सकेपछि बैदैशिक शिक्षामा आर्कषित भएका विद्यार्थीहरुलाई स्वदेशमा अध्ययन गराउने गरि राम्रो शैक्षिक हबका रुपमा कलेजहरु लाग्नुपर्ने र सरकारबाट आवश्यक नीति बनाउनुपर्ने उनको सुझाव छ । चाईनामा ईन्जिनियर अध्ययनरत गरेर फर्किएका विद्यालयका गणेश पौडेललाई उदाहरण दिदै उनले स्वदेशमा नै धेरै अवसर रहेको जिकिर गरे । आईएसओ मान्यता प्राप्त ए ग्रेड पहिचान बनाएको हुदा पनि उत्कृष्ट भएको उनले बताए ।
एम्स कलेज प्रमुख दिपक ढकालले ब्यवस्थापन सबैभन्दा उत्कृष्ट विषयका रुपमा चिनिने भन्दै समाजमा रहेका सबै विषयलाई नेतृत्व गर्ने क्षमता विकास ब्यवस्थापन विषय अध्ययन गर्नेबाट हुने बताए । त्रिभुवन विश्वविद्यालयमा ७५ हजार बढि विद्यार्थीहरु ब्यवस्थापन अध्ययनरत रहेको उनले तथ्याक दिदै थोरै लगानी गरि बढि अवसर यसमा रहने उनले दाबी गरे । ‘सरकारी सेवामा जान पनि धेरै अवसर प्राप्त हुन्छ ।’—उनले भने । ब्यवस्थापनमा धेरै कार्यक्रम ल्याउनेमध्येमा उत्कृष्ट कलेज एम्स भएको भन्दै अध्ययनसंगै रोजगार सृजना गर्ने गरि आफुहरु कार्यक्रम बनाउदै आएको उनले बताए । केवल पढाईमात्र नभई ब्यवहारिक र करियर विकासमा जोड दिने गरेको उनले बताए । विद्यालयका प्लस टु संयोजक चेतनारायण पन्थी, बिबिएसकी विद्यार्थी करिश्मा तिवारीले विद्यालयको यो सफलतालाई थप निरन्तरता दिने गरि सबै लाग्नुपर्ने बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी