© २०२३
पाल्पा, २१ साउन ।
वर्षभरि खाने अन्न धान लगाएको हप्ता दिन बित्न नपाउँदै धान खेतलाई तिनाउ खोलाले बगरमा परिणत गरिदिए पछि माडी फाँटका कृषकहरूलाई चिन्तित तुल्याएको छ ।
वर्षयामको सुरुवात भएपछि तिनाउ खोलाले कतै कटान कतै डुवान गर्दै खोलाको चपेटामा सदियौं देखि पर्दै आएका छन् । यस पटक करिव पाँच सय रोपनी क्षेत्रफलमा लगाएको धान ध्वस्त नै भयो। । रोपेको धान हरियो हुने समयमा एकाएक खोलो फुटेर खेतमा पस्दा खेत बगरै बगर बनाएपछि । आफूलाई आउने वर्ष के खाने होला भनेर चिन्तित बनाएको नितन कुमारी दर्लामी बताउँछिन् ।
पटक पटक खेतलाई खोलो फुटेर बगरमा परिणत गरिदिने समस्या यस वर्ष मात्र होइन बिसौं वर्ष भयो । खोलो नियन्त्रणको लागि कहीँकतै बाट पनि पहल नहुँदा यहाँका हजारौं कृषकले कटान र डुवानको समस्या झल्दै आएका छन् । महापर्वतको श्रृङ्खलामा यसको मूहान भई माडी फाँटको बाटो हँुदै बग्ने तिनाउ खोला यहाँका कृषकहरू वरदान भन्दा अभिषाप भएको कृषक टोप बहादुर घर्ती मगर बताउँछन् ।
झण्डै बिस किलो मिटर माडी फाँटको यात्रा तय गरेको तिनाउ खोलाको पछिल्लो समयमा सतह बढ्दै गएको कारण कटान र डुवानको समस्या बढ्यो । माडी फाँटको माथिल्लो भागमा नदीजन्य बस्तुको उत्खनन् गरिनु जथाभावी रूपमा सडक निर्माण गर्दा, डोजरको प्रयोग बढ्दा भू–क्षयका कारण खोलाको सतह बढ्दै गएको स्थानीन कृषकहरूको बुझाई रहेको छ ।
पहिले पहिले स–साना ठाउँ बाट खोलो फुटेर खेतमा पस्दै थियो तर यसपटक सय मिटर ढिक नै कटान गरी खेतमा पस्यो । यस वर्ष खोलोले ठुलो नोक्सानी गरेको स्थानीय कृषक बुद्धराज बस्याल बताउछन् । विगतमा बासका किला गाडेर झाङ राखेर खोलो थुन्ने गर्ने हो । यस पटक त्यो पनि संभव नभएको उनी बताउँछन् । खोलाले जति बेला पनि धार परिवर्तन गर्ने भएकाले दुवै तर्फ तटवन्ध गर्नुपर्ने हो । तिनाउ नदी निर्माणका लागि संघीय सरकार बाट वाषर््िाक रूपमा ठूलो धनराशि उपलब्ध भयो ।
प्रत्येक वर्ष रकम तथा बजेट रूपन्देही तर्फ लगानी भएको र माडी फाँट सिंचाइका लागि नाम मात्रको बजेट आउने गरेको सिंचाई कार्यालयका प्राविधिकहरू बताउछन् । जबसम्म दुवैतर्फ तटबन्ध गरिँदैन तब सम्म माडी फाट सुरक्षित हुँदैन । नदीले एक पटक धार परिवर्तन गर्दा ५ सय देखि २ हजार रोपनी क्षेत्रफल सम्म खेत ध्वस्त हुने प्राविधिकहरू बताउँछन् ।
तानसेन नगर, वगनासकाली माथागढी, रम्भामा फैलिएको जिल्लाको सबैभन्दा ठूलो अन्न भण्डारका रूपमा लिइने फाँट हो । धान खेती मात्र नभइ अन्य वाली दलहन, तेलहन, वालीको प्रचुर संभावना बोकेको यस फाटमा नदी नियन्त्रणका तर्फ स्थानीय सरकारदेखि संघीय, केन्द्रिय सरकारको ध्यान पुग्न नसक्दा वर्षेनी यहाँका किसानले ठूलो क्षति बेर्होदै आउनु परेको इन्द्र बहादुर पचभैया बताउँछन् तिनाउ खोला यतिखेर फुटेको छैन । २०२४ सालमा यस यस वर्ष भन्दा बढि क्षति हुने गरी फुट्यो तर यति बेला नियन्त्रण भयो । यस वर्षफेरी वर्षाद भयो फेरी कहा बाट खोला फुट्ने डर मात्र मनमा राखेर बस्नु परेको स्थानीय कमला दर्लामी बताउँछिन् । खोला धमिलो भयो भने खेतमा कति बेला बाढी पस्छ भन्ने डर र त्रास मनमा भएको उनी बताउँछिन् । यस वर्ष खेतमा बाढि पस्यो जसोतसो जालीको व्यवस्था भयो फेरी बाढी पस्यो भने नियान्त्रण हुन गाह्रो छ । यस पटक माथागढी गाउँपालिका र भू जलधार कार्यालयले जालीको उपलब्ध त गरायो । ढुंगा भर्नु पर्ने हो । ढुंगा ल्याउने बाटो नै भएन् ।
गिट्टी बालुवाले भरियो । जाली मात्र होइन करिव ५ सय बोरामा बालुवा राखेर जसो तसो खोला त छेकीयो पानी ल्याउने कुलो पुरिँदा थप समस्या परेको देव कुमारी कुमाल बताउँछिन् ।
खोला फुट्ने समस्या पहिला देखि नै हो तर खोलालाई सुरीक्षत तुल्याउन र दिर्घकालीन रूपमा समाधानका लागि कही कतै बाट समाधानका लागि पहल भएन् । राजनैतिक दलहरूले चुनावी घोषणाका पत्रहरूमा खेतिका लागि नदी नालाहरूको व्यवस्था तथा नियन्त्रण त सबै दलका पत्रहरूमा छन् तर काम कहिल्यै नभएको स्थानिय लक्ष्मी राना बताउँछिन् । खोलाका लागि तटवन्ध गरिनु पर्दछ त्यसका लागि आएको बजेट रूपन्देही तर्फ ९९ प्रतिशत खर्च गर्ने यहाँ देखाउनका लागि मात्र आउने हँुदा हाम्रो समस्या जस्ताको तस्तै भएको खेत सधै बगरमा परिणत भएको तानसेन नगर दमकडाका दिनेश बस्याल बताउँछन् । यसवर्ष, यस क्षेत्रका कृषकहरूले धान भित्र्याउन नपर्ने गरी नोक्सान भएको स्थानीय कृषकहरू बताउँछन् ।