ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

मन्त्रालयको निर्देशन : बुटवल कृषि उपज केन्द्रको टेन्डर अविलम्ब खोल्नु

१६ मंसिर २०८२, मंगलवार
१६ मंसिर २०८२, मंगलवार

बुटवल, १६ मंसिर ।

लामो समयदेखि विभिन्न बहानामा रोकिँदै आएको बुटवल कृषि उपज केन्द्रका ६८ वटा सटरको टेन्डर प्रक्रिया अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विभागले अविलम्ब निर्देश दिएको छ । यसअघि रुपन्देही जिल्ला अदालतले पनि टेन्डर खोल्न आदेश दिएर पनि कार्यान्वयन नहुँदा विभागले पुनः स्पष्ट निर्देशन पठाएको हो ।

२०७८ भदौ २४ गते कृषि बजार व्यवस्थापन समितिले ६८ वटा सटर भाडामा लगाउने सूचना प्रकाशित गरेपछि २ सय ६७ वटा बोलपत्र दर्ता भएका थिए । तर व्यवसायीको आन्दोलन, अदालती प्रक्रिया तथा स्थानीय तहको न्यून चासो लगायत कारण देखाउँदै समितिले टेन्डर प्रक्रियालाई बारम्बार रोक्दै आएको थियो ।

मंसिर १५ गते बुटवल कृषि उपज थोक बजार व्यवस्थापन समितिलाई लेखिएको पत्रमा विभागका वरिष्ठ कृषि अर्थविज्ञ कलशराम चौधरीले अदालतको फैसला तत्काल कार्यान्वयन गरी टेन्डर प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । पत्रमा अदालतले २०८२ कार्तिक २० गते अन्तिम निर्णय गरिसकेपछि पनि बोलपत्र नखोलिएको कारण पेश गर्न माग गरिएको छ ।

यससँगै विभागले बुटवल उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय रुपन्देही तथा लुम्बिनी फलफूल तथा तरकारी व्यवसायी सङ्घलाई पनि बोधार्थ पत्र पठाउँदै सम्मानित अदालतको फैसला अनुसार सटर बहालसम्बन्धी प्रक्रिया प्रचलित कानुनबमोजिम तुरुन्त अघि बढाउन आग्रह गरेको छ ।

बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुसालले आफू सुरुदेखि नै टेन्डर खोल्नुपर्ने पक्षमा रहे पनि व्यवसायीको आन्दोलन, अदालती प्रक्रिया र स्थानीय तहको कम चासोजस्ता कारणले प्रक्रिया लम्बिएको बताए । उनले विभागको पत्रबारे छलफल चलिरहेको जानकारी दिए ।

१५ वर्षअघि निर्माण भएको बुटवल कृषि उपज तथा थोक बजार केन्द्रमा कृषि मन्त्रालयको ६० प्रतिशत, बुटवल उपमहानगरपालिकाको २४ प्रतिशत र लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घको १६ प्रतिशत लगानी छ । यहाँ पुराना व्यवसायीका आन्दोलन तथा अदालती प्रक्रियाका कारण सटर बहालसम्बन्धी प्रक्रिया लम्बिँदो छ । दैनिक करिब २ करोड रुपैयाँभन्दा बढी मूल्यका तरकारी तथा फलफूलको कारोबार हुने यो बजार क्षेत्रीय रूपमा महत्वपूर्ण मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?