© २०२३
धनगढी, २० साउन
नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमादाबी पेस गरेका छन् ।
आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि एमालेको समर्थनमा शाहलेप्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आज साँझ ५ बजेसम्मको समय दिएका थिए । समय सीमा अगाबै शाहले नेपाली कांग्रेसका १८ र नेकपा एमालेका ११ प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । केही समयपछि प्रदेश प्रमुख मियाले उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने कार्यक्रम रहेको छ । शाहले आजै नेपाली कांग्रेसका र एमालेका तर्फबाट मन्त्री नियुक्त गर्ने स्रोतले बताएको छ।