© २०२३
बुटवल, २० साउन ।
नेपालमा रहेका दर्तावाला ईन्जिनियर तथा आर्किटेक्टहरुको छाता सस्था नेपाल ईन्जिनियर्स एशोसिएसनको निर्वाचन नजिकिदै जादा ईन्जिनियरहरुमा चुनावको रौनक बढिरहेको छ ।्र
केन्द्रको र सातै प्रदेशको नेपालभर एकै दिन भदौ २८ गतेको लागि तोकिएको निर्वाचनमा लुम्बिनी प्रदेशमा समेत माहोल तातेको छ ।्र ३ फरक फरक संगठनबाट ३ वटा प्यानल बनाएर चुनावमा उम्मेदवारी दर्ता भएको छ । नेकपा एमाले निकट पिनबाट ई. जयलाल मरासिनी, काङ्ग्रेस निकट सिडेनबाट ई. महेश्वर लम्साल र माओवादी निकट नियोनबाट ई. धर्मराज अर्याल लुम्बिनी प्रदेशको सभापतिको लागि उम्मेदवारी दर्ता भएको निर्वाचन समिति सदस्य ई. हेमराज शाहीले जानकारी दिएका छन् ।
प्रोग्रेसिभ ईन्जिनियर्स एशोसिएशन नेपाल(पिन)बाट ई. जयलाल मरासिनीको नेतृत्वमा प्रदेशबाट केन्द्रीय सदस्यमा ई. बलराम पौडेल, उपसभापतिमा आ. प्रभा पाण्डे, सचिवमा ई. शिशिर ज्ञवाली क्षेत्री, सह–सचिवमा ई. प्रदीप घिमिरे र कोषाध्यक्षमा ई. राजु ढकालले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी सदस्यहरुमा सोही प्यानलबाट ई. विमल कँडेल, ई. निशा बेल्बासे, ई. सुवर्ण न्यौपाने, ई. तिलक चलाउने, ई. सुभाष पुलामी, ई. सुनिल केसी, ई. वल्लभ भण्डारी, ई. विपिन पौडेल, ई. आकास पराजुली र ई. विवेक पन्थीको उम्मेदवारी रहेको संगठनका केन्द्रीय उपाध्यक्ष ई. दुजेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
सडक विकासमा जोडिने एउटा नमुना नाम “ई. जयलाल मरासिनी “; लामो अनुभव परिपक्व व्यक्तित्व !!
सियारी ६, रुपन्देहीका स्थायी बासिन्दा ई. जयलाल मरासिनी सडक क्षेत्रमा अत्यन्त सफल र सक्षम नामको रुपमा लिने गरिन्छ । फिलिपिन्सबाट बीएससीइ तथा पोखरा युनिभर्सिटीबाट निर्माण व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका मरासिनी हाल ६० वर्षको उमेरमा समेत ईन्जिनियर तथा ईन्जिनियरिङ क्षेत्रमा परेका समस्यालाई समाधान गर्न कटिबद्ध रहने गरेका छन् । सडक डिभिजन कार्यलय बुटवलको कार्यलय प्रमुखको रुपमा सक्रिय तथा उर्जाशिल समय विताएर सेवा निवृत्त व्यक्तित्व हुन जयलाल मरासिनी ।
३७ वर्षको कार्य अनुभव सहित बुटवल कार्यालयको प्रमुखको रुपमा आउनासाथ बुटवल – बेलहिया ब्यापारिक मार्गको ६ लेन सडक अन्तर्गत चौराहा – गोलपार्क सडक खण्डको ६ वर्ष देखिको सडक विस्तारको अवरोधलाई पन्छाएर एकाएक डोजर लिएर सडकमै पुग्ने ईन्जिनियरको रुपमा परिचय समेत बनाएका छन् ।
लामो अनुभव र एउटा परिपक्व पुस्ताबाट पिन लुम्बिनी प्रदेशको तर्फबाट सभापतिमा उम्मेदवारी दिदै लुम्बिनी प्रदेशमा पिनको एउटा दरिलो युवा पुस्ताको टोलीको नेतृत्व गर्दै उम्मेदवारी दिएको र पाका पुस्ताको अनुभव र युवा पुस्ताको जोस सहित नेपाल ईन्जिनियर्स एशोसिएशनलाई सबैको साझा बनाउने लक्ष्य सहित आफ्नो संगठनले उम्मेदवारी दिएको पिन लुम्बिनी प्रदेश अनुशासन आयोगका अध्यक्ष ई. एन. एस. भण्डारीले दावी गरेका छन् ।