© २०२३
सुनवल, १९ साउन ।
पश्चिम नवलपरासीको सरावलबाट सशस्त्र प्रहरीले ३२ लाख बराबरको मोबाईल फोन बरामद गरेको छ । भारतबाट लुकाईछिपाई अवैध रुपमा नेपाल ल्याईएको ८८ थान मोबाईल सरावल गाउँपालिका वडा नम्बर ४ बडसारेबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
४० थान आईफोन र पोको ब्रान्डका ४८ थान मोबाईल बरामद गरी महेसपुर भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेले जानकारी दिए । एप्पल ब्रान्डका आईफोन १४, १३, १२ र ११ प्लस मोडल र पोको ब्रान्डका विभिन्न मोडलका महंगा फोन बरामद भएको वाग्लेले बताए ।
अवैध रुपमा मोबाईल भित्र्याउने व्यक्ति आउँदा प्रहरीलाई देखेपछि सामान छोडेर भागेको प्रहरीले जनाएको छ । मोबाईल ढुवानीमा प्रयोग गरेको मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएर लिलामीका लागि भन्सार कार्यालयमा बुझाएको छ । भारतीय बजारबाट नवलपरासी तथा सिमावर्ती जिल्लाका मोबाईल पसलमा चलनचल्तीको मूल्य भन्दा सस्तोमा विक्रि गर्ने उद्देश्यले तस्करी हुने गरेको छ ।
सशस्त्र प्रहरीले सिमावर्ती क्षेत्रबाट हुने विभिन्न अवैध ओसारपसार नियन्त्रणमा लिएर नयाँ आर्थिक वर्ष सुरु भएपछिको अवधिमा ८५ लाख २१ हजार राजश्व संकलन गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी