ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

कपिलवस्तु महाधाम संगीत परिचर्चा साहित्यिक गोष्ठी

१९ श्रावण २०८१, शनिबार
१९ श्रावण २०८१, शनिबार

कपिलवस्तु, १९ साउन ।

“अवधि भाषा, संस्कृती, कला, साहित्यकै विकास हम्मन सब कै साझा प्रयास” भन्ने नाराका साथ कपिलवस्तुको तौलिहवामा कपिलवस्तु महाधाम संङ्गित परिचर्चा तथा साङ्गितिक गोष्ठी सम्पन्न गरिएको छ ।

नव कपिलवस्तु साहित्यिक समाजको सहयोगमा अवधि साँस्कृतिक समाज कपिलवस्तुको आयोजनामा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को शारदा कुटिरमा गोष्ठी सम्पन्न गरिएको हो । सो अवसरमा वरिष्ठ साहित्यकार हरिराज शर्मा (हराश) ले साहित्यकार श्याम प्रकाश लाल श्रीवास्तवले लेखेको कपिलवस्तु महाधाम पुस्तकको अंशको रुपमा रहेको कपिलवस्तु महाधाम गिति संङ्गितको लोकापर्ण गरे ।

पुस्तकको अंशमा श्रीवास्तवको रचना र स्वर रहेको गिति संङ्गितले कपिलवस्तुको तिलौराकोट, रामघाट, तौलेश्वरनाथ मन्दिर, बुद्धको जिवनी समेटेको छ । अरु जिल्लामा एउटा धाम भए पनि सो धामलाई धेरै प्रचारमा ल्याईएको भए पनि कपिलवस्तुमा धेरै धाम भए पनि प्रचार हुन नसकेकाले कपिलवस्तु जिल्लालाई महाधामको रुपमा प्रचार प्रसार गराउने उद्देश्यले आफुले कपिलवस्तु महाधाम पुस्तकको लेखन तथा गिति संङ्गित तयार पारेको साहित्कार श्याम प्रकाश लाल श्रीवास्तवले बताए ।

कपिलवस्तु महाधामको प्रचारमा सहयोग गर्न उनले सञ्चार क्षेत्र र साहित्यिक क्षेत्रका अग्रज सँग आग्रह गरे । अवधि संस्कृतिको माध्यमबाट कपिलवस्तु जिल्लालाई महाधामको रुपमा प्रचार प्रसार गराउन पुस्तक र गिति संङ्गितले सहयोग पुर्याउने बरिष्ठ साहित्यकार हरिराज शर्मा (हराश) ले बताए । अवधि संस्कृती प्राचिन संस्कृती रहेकाले साहित्यका माध्यमबाट कपिलवस्तुलाई अब महाधामको रुपमा प्रचार गर्न सहयोग मिल्ने साहित्यकार पशुपतिमणी त्रिपाठीले बताए ।

जिल्लाको पहिचान र ऐतिहासिकताको प्रचार गर्न गिति संङ्गितले भुमिका खेल्ने अवधि साँस्कृतिक समाज कपिलवस्तुका अध्यक्ष युवराज गुप्ताको भनाई थियो । अवधि सङ्गितमा प्रस्तुत गिति संङ्गित जिवन्त रहने र कपिलवस्तुको संस्कृती परिचित गराउन भूमिका खेल्नेमा अर्का साहित्यकार राधबेन्द्र कुमार श्रीवास्तवले बिश्वास व्यक्त गरे ।

साहित्यकार पार्वती शर्मा, अमित पाण्डेय, वासुदेव चौधरी लगायतले गिति संङ्गितले कपिलवस्तुलाई महाधामको रुपमा परिचित गराउनेमा जोड दिए । साहित्यमा कलम चलाउँदै आएका भानु चुतुर्वेदी, देबेन्द्र किरण श्रीवास्तव, काशीराम यादव, कृष्णचन्द्र मिश्रा, कृष्ण अग्रहरी लगायतले कार्यक्रममा आफ्नो रचना वाचन गरेका थिए । त्यसैगरी कलाकार तथा गायक उजाला साहनी, रोहित भोजपुरिया, सन्दिप दुवे, रामशंकर राय, हरिशंकर उपाध्याय, राजेन्द्र बढई, दिपक प्रजापतिले साङ्गितिक प्रस्तुती दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?