ट्रेंडिंग:

>> कर्णालीमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै >> मन्त्रिपरिषद् बैठक ५ बजे, शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने >> विद्यालय शिक्षा ऐनको माग गर्दै सोमबार पनि शिक्षकहरुको प्रदर्शन जारी >> आईपीएलमा आज कोलकाता र गुजरात खेल्दै >> नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन >> आइतबार स्थिर रहेको सुनको भाउमा सोमबार फेरि नयाँ रेकर्ड >> गुल्मीमा नयाँ र प्रतिलिपि नागरिकता बनाउने बराबरी >> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन

क्षितिज इन्टरनेशनल कलेजमा अव एमबीएको अध्यापन

१९ श्रावण २०८१, शनिबार
१९ श्रावण २०८१, शनिबार

बुटवल, १९ साउन ।

बुटवल उपमहानरपालिका वडा नम्बर १० मा रहेको क्षितिज इन्टरनेशनल कलेजमा अव एमबीएको अध्यापन हुने भएको छ । यो भन्दा पहिला बिबिए, बिबिए–बीआई अध्यापन गराउँदै आएको कलेजमा चालु शैक्षिक सत्रबाट माष्टर अफ बिजनेशन एडमिन्स्टे«शनको पढाई हुने हुने भएको हो । पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरी नयाँ कार्यक्रमको सुरुवात गरिएको हो ।

शनिबार तिलोत्तमामा एक कार्यक्रमको आयोजना गरी कलेजको नयाँ कार्यक्रम सुरुवात गरिएको हो । पोखरा विश्व विद्यालयका एमबीए कार्यक्रमका पाठ्क्रम विकास संयोजक तथा एमबीए कार्यक्रम संयोजक प्रोफेसर प्रा.डा. महानान्द चालिसेले एमबीए कार्यक्रमको शुरुवात गरेका हुन । कार्यक्रममा बोल्दै प्रा.डा चालिसेले संसारलाई परिवर्तन गर्न चाहनेहरुको लागि एमबीए कार्यक्रम आफैमा ओझपूर्ण विषय भएको बताएका थिए ।

अहिले पनि नेपालमा कुल शिक्षाको ४८ प्रतिशत भन्दा बढी व्यवस्थापन शिक्षा हासिल गरेका व्यक्तिहरुको योगदान रहेको भन्दै उनले एमबीएको पढाईका लागि काठमाडौ वा अन्य देशमा जानुपर्ने बाध्ययताको अन्त्य भएको बताएका थिए । बुटवलमा नै सहजरुपमा एमबीएको शिक्षा प्राप्त गर्न पाउनुआफैमा गौरवको विषय समेत भएको भन्दै उनले अहिलेको नयाँ पाठ्क्रमले जागिर संगै उद्यामशिलता समेत विकास गर्ने गरी डिजाईन गरिएको भन्दै एमबीए अध्यन गरेका विद्यार्थीले व्यवस्थापकीय क्षमता संगै नयाँ उद्यमशिलता बृद्धिमा समेत सहयोग पुराउने बताएका थिए ।

कार्यक्रममा नेपाल चेम्बर अर्फ कर्मस लुम्बिनी प्रदेशका अध्यक्ष जेपी कंडेलले नेपालबाट विदेश अध्ययनको लागि जाने परिपाटीको विकासको लागि सरकारको ठुलो कमीकमजोरी रहेको बताएका थिए । उनले यसको लागि स्वदेशमा ने उद्यमशिलता विकासका कार्यक्रम, सोही अनुसारको पाठ्क्रममा अध्ययन अध्यापन गर्नुपर्नेमा जोड दिए ।

यस्तै होराईजन जीविएसका अध्यक्ष ज्ञानेन्द्र कसजुले न्यू होराईजन आफैमा देशको सशक्त ब्रान्डको रुपमा विकास भैरहेको बताउँदै ईन्जिनियरिङ्ग कलेजको समेत अवधरणामा अगाडि बढिसकेको समयमा नेपाल सरकारबाट सम्बन्धन नदिँदा अफ्ठेरो भएको बताएका थिए । विगत लामो समय देखि यो विषयमा पहल गरेको भएपनि ईन्जिनयरिङ्गजस्तै प्राविधिक शिक्षामा सरकारले गरेको ढिला सुस्तीको कारण विद्यालय पलायन हुनुको एउटा कारण भएको उनको भनाई थियो ।

न्यू होराईजन आवसीय विद्यालयका प्रधानाध्यापक लोकनाथ उपाध्यायले नेपालको शिक्षा प्रणाली विकास नहुनुमा विश्व विद्यालय संगै नेपाल सरकारको मुख्य दोषी भएको बताए । उनले स्वदेशमा नै रोजगारी सृजना, नेपाली माटो सुहाउँदो शिक्षा प्रणालीको विकास गर्न सकेमा दक्ष जनशक्ति विदेश पलायन रोक्न सकिने बताएका थिए । बुटवलमा नै घरमै बसेर, परिवारिक वातावारणमा एमबीएको अध्यान गर्न पाउनुको विद्यार्थीको लागि गोल्डेन अवसर भएको प्रअ उपाध्यायले बताएका थिए ।

कार्यक्रममा प्रडुयन्सीयल ईन्सुरेन्सका प्रदेश प्रमुख धु्रव कोईराला, एमबीएका विद्यार्थी आकृति बज्राचार्य, मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्री लगायतले बोल्दै एमबीए कार्यक्रमको पूर्ण सफलताको कामना गरेका थिए ।

क्षितिज इन्टरनेशनल कलेजका प्राचार्य डा. सुर्य रानाले सन् २००९ बाट बिबिए कार्यक्रम सुरुवात गरेको कलेजले २०१३ मा बिबिए–बीआई समेत सञ्चालन गर्दै आएको जानकारी दिए । यसै शैक्षिक सत्रबाट एमबीएको अध्यापन सुरुवात गरिएको बताउँदै प्राचार्य रानाले विद्यार्थीहरुको लागि यो सुर्वण अवसर रहेको बताएका थिए । कार्यक्रममा क्षितिज ईन्टरनेशनल कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठ, प्राध्यापक राजेन्द्र लम्साललगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?