ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

बुटवल कोराबाट क्यान्सर उपचारमा रहेका पत्रकार मनोरन्जन शर्मालाई सहयोग

काठमाण्डौ बाहिर सबैभन्दा धेंरै साढे ३ सय साईक्लिष्ट सहभागी भएको बुटवल कोराबाट भैरहवाका पत्रकार तथा साईक्लिष्ट मनोरन्जन शर्मालाई २५ हजार रुपैया उपचार सहयोग गरिएको हो ।
१९ श्रावण २०८१, शनिबार
१९ श्रावण २०८१, शनिबार

बुटवल, १९ साउन । बुटवल कोरा २०२४ कार्यक्रमबाट क्यान्सर उपचारमा रहेका पत्रकार तथा साईक्लिष्ट मनोरन्जन शर्मालाई सहयोग गरिएको छ । साईकलमार्फत पर्यावरण संरक्षण र पर्यटन प्रर्वद्धनसंगै सामाजिक कार्यको भावनाका साथ सम्पन्न कार्यक्रमबाट बचत भएको २५ हजार रुपैया पाल्पा घर भई भैरहवा कर्मथलो बनाउनुभएका पत्रकार तथा साईक्लिष्ट मनोरन्जन शर्मालाई उपचारमा सहयोग गरिएको छ ।
एक कार्यक्रम गरि शनिबार बुटवल साईक्लिङ ग्रुपका अध्यक्ष शिव चौधरी, लुम्बिनी प्रदेश साईक्लिङ संघका अध्यक्ष स्वस्तिक श्रेष्ठ, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले कान्तिपुर ग्रुपका लुम्बिनी प्रदेश प्रमुख दीपेन्द्र बडुवालमार्फत सहयोग रकम हस्तान्तर गरेका हुन ।

कार्यक्रममा क्लबका अध्यक्ष शिव चौधरीले साईकलमार्फत सामाजिक कार्यमा भुमिका देखाउन पाउदा खुशी लागेको बताए । विगतको निरन्तरता दिदै कोराबाट सहयोग गर्ने प्रचलनलाई निरन्तरता दिएको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश साईक्लिङ संघका अध्यक्ष स्वस्तिक श्रेष्ठले साईकल केवल मनोरन्जनमात्र नभई साहसिक खेल र पर्यटन प्रवद्र्धनको पाटोमा समेत महत्वपूर्ण रहेको भन्दै यसतर्फ सरकारबाट पूर्वाधारको काम अघि बढाउन सुझाव दिए ।

कार्यक्रममा बुटवल युनाईटेड साईक्लिङ क्लबका सचिव राजु तिवारीले पर्यटनको हबका रुपमा रहेको लुम्बिनीमा साईकल अभियानबाट पर्यटन उकास्दै आर्थिक लाभ लिन सकिने सम्भावना रहेको बताए । सामाजिक कार्यमा सधै अग्रसर रहेको साईकल कार्यक्रमबाट यसअघि एक जना मृगौला ट्रान्सप्लान्ट गरेकी भैरहवाका आयुषा पाण्डेलाई नगद ४६ हजार रुपैया, नेपालगंज शाखामार्फत १० हजार रुपैया सहयोग गरेको उनले स्मरण गरे ।

कार्यक्रममा ग्रुपका उपाध्यक्ष चन्द्र कान्त सुवेदीले यस वर्ष साईक्लिष्टहरुको उत्साहपूर्ण सहभागीता रहेको भन्दै कुल आय ३ लाख ४० हजार ५० रुपैया र ब्याय ३ लाख १५ हजार ५० रुपैया भई त्यसबाट बचत २५ हजार रुपैया शर्मालाई सहयोग गरिएको बताए ।
जिटिए साईकल र मणिमुकुन्द कलेजको मुख्य प्रायोजनमा बुटवल साईकल ग्रुपको आयोजना तथा बुटवल युनाईटेड साईक्लिङ क्लब, साईकल सिटि बुटवल, ह्याप्पी साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लबको सहकार्यमा बुटवल कोरा २०२४ सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?