© २०२३
कन्चन, १६ साउन ।
रुपन्देहीको कञ्चन गाउँपालिका वडा न १ हात्ती बजार भित्री सडकमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । साउन १५ गते दिन बेलुकाको ६ः४५ बजेको समयमा वर्ष ३ को बालिका अंशु घर्ती मगरको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।
मृतकका बुवा अर्जुन घर्ती मगर आमा निकिता घर्ती मगर र दाजु रबिनले मोटरसाइकल चालकलाई कानुन अनुसार हदैसम्मको कारवाहीका लागि माग गरेका छन् ।
पुर्वदेखि पश्चिम् तर्फ जाँदै गरेको लु ७८ प ९७५९ नम्बरको होण्डा साइन मोटरसाईकल चालक बर्ष २१ को सैनामैना ८ बस्ने अमन परियारले चलाएका तिए । मोटरसाइकल
पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको अवस्थामा बालिकालाई ठक्कर दिएको बताईएको छ । मोटरसाइकल र चालकलाई ईलाका प्रहरी कार्यालय, रन्यौराले नियन्त्रणमा लिइ अनुसन्धान कार्य अगाडि बढाएको छ । मोटरसाइकल तीब्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।