© २०२३
काठमाण्डौ –
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति ठूलो पानी परेको छ ।
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै चितवनको शक्तिखोरमा १३५ मिलिमिटर, सिन्धुपाल्चोकको मानेखर्कमा १२५ मिलिमिटर, चितवनको नारायणी फिल्ड कार्यालयमा ११५ मिलिमिटर, बाराको रजुवा र सिन्धुलीको हरिहरपुरगढीमा ११३ मिलिमिटर, सर्लाहीको परवानीपुरमा १०६ मिलिमिटर तथा महोत्तरीको कालापानी, काठमाण्डौको धापड्याम र सिन्धुलीको रानीचौरीमा १०४ मिलिमिटर पानी परेको छ ।
लगातार र ठूलो पानी परेको ठाउँमा बाढी आएको छ । चितवन र नवलपरासी पूर्वको नारायणी, बाराको लालबकैया, महोत्तरीको रातो र सिन्धुपाल्चोकको कोशी नदीमा बाढीले सतर्कता तह पार गरेको छ । काठमाण्डौको बाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोवीखोला, विष्णुमती, नख्खु, बल्खुखोला लगायत नदी खोलामा पनि पानीको सतह खतराको तह आसपास रहेको छ ।
नदी आसपासका कतिपय बस्तीमा बाढी पसेको छ । डुबान हुने ठाउँहरुमा बस्नेलाई बिहान १० बजेसम्म सुरक्षित ठाउँमा जान बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै सिन्धुपाल्चोकको ढुङ्गे, बोल्दे, मानेखर्क, बाँसखर्क, धाप, गोब्रे, दुबाचौर, बाउनेपाटी तथा आसपासका वर्षामापन केन्द्रहरुमा पनि ठूलो पानी परिरहेकाले ती क्षेत्र भइ बहने नदीहरुका तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यसैबीच लगातार पानी परेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा बिहान झण्डै एकघण्टा गाडी चलाउन रोक लगाइएको छ । पहिरोको जोखिम भएकाले बिहान साढे ४ बजेदेखि गाडी चलाउन रोक लगाइएको र उज्यालो भएपछि खुलाइएको मुग्लिन प्रहरीले जनाएको छ ।
पानी परेको बेला राजमार्गमा पहिरोको जोखिम हुने भएकाले सावधानीपूर्वक गाडी चलाउन प्रहरीले आग्रह गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी