© २०२३
काठमाण्डौ –
काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा आज बिहानैदेखि पानी परिरहेको छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो । कोशी, मधेश र बाग्मती प्रदेशका थोरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै रुपन्देहीको तिलोत्तमामा १४ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै दोलखाको लामाबजारमा १० दशमलव २ र रौतहटको चन्द्रपुरमा पनि १० दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी बाराको निजगढमा ९ दशमलव ८ मिलिमिटर पानी परेको छ ।
काठमाण्डौको नैकाप, किर्तिपुर र बबरमहल क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । यस्तै ललितपुरका केही ठाउँमा पनि हल्का पानी परिरहेको छ । अबका तीन दिनसम्म नै देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले तीन दिन विशेषगरी रातिको समयमा धेरै वर्षा हुने भएकाले बाढीपहिरोजस्ता मनसुनजन्य घटना बढ्नसक्ने तर्फ सतर्कता अपनाउन अनुरोध समेत गरेको छ । मौसमविद् सञ्जिव अधिकारीले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेका विभिन्न ठाउँमा अति ठूलो वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो ।
उहाँकाअनुसार कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा तीन दिनसम्म ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना रहेको छ । आज मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशको एक–दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ ।
बाढी पूर्वानुमान महाशाखाले नदी तथा खोलामा बहाव बढ्नसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी