© २०२३
नवलपुर, १४ साउन ।
पुर्वी नवलपरासीमा जिल्ला प्रहरी कार्यालयले ७ क्विन्टल गाँजा सहित दुई ब्यक्तिलाई पक्राउ गरेको छ । जिल्लाको देवचुली नगरपालिका २ हमालचोकबाट भारतीय नम्बरको एनएल ०१ ५५४४ नम्बरको कन्टेनरमा फल्स बटम बनाएर राखिएको अवस्थामा गांजा बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रहरी उपरिक्षक नरहरि रेग्मीले २४ वटा बोरामा प्याकिङ्ग गरेर राखीएको ७ सय २० किलो गाजां बरामद गरेको बताए ।
गाँजा सहित सोही कन्टेनर चालक राप्ती नगरपालिका २ का २३ वर्षीय मदन लामा र ३२ वर्षका सन्तोष लामा रहेका छन् । गाँजा बोकेर हिडेको कन्टेनरलाई पछ्याउँदै मध्यविन्दु नगरपालिकाको चोरमाराबाट रजहर सम्म पक्राउ परेका ब्यक्तिहरुले कन्टेनर लगेर राखेको प्रहरीले जनाएको छ । गाँजा कहाबाट कसरी आयो र यसमा संलग्न व्यक्तिहरुको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ठुलो मात्रामा लागुऔषध फेला परेपछि यसमा ठुलै गिरोहका संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ । पक्राउ परेका व्यक्तिलाई तीन दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी