© २०२३
दाङ,१४ साउन।
दाङमा श्रीमानले फलामको रड प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । राजपुर गाउँपालिका–१ रसरी खोला निवासी ३८ वर्षीय गणेश घर्तीले फलामको रड प्रहार गरी ३७ वर्षीया श्रीमती वसन्ती घर्तीको हत्या गरेका हुन् ।
श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले गणेशलाई घटनास्थलबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।
आइतबार राती खाना खाएर दुबै जना कोठामा सुत्न गएका थिए । तर बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घरको ढोका खोलेर हेर्दा फलामको रडले टाउकोमा प्रहार गरी श्रीमती हत्या गरेको अवस्थामा सोही कोठाबाट गणेशलाई रडसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
मदिरा सेवन गरेर श्रीमान–श्रीमतीको बिचमा यस अघि पनि झगडा हुने गरेको स्थानीयको भनाइ छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक कार्कीले जानकारी दिइन ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी