ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

संरक्षणकर्मी भन्छन्– ‘बाघलाई स्थानीय अर्थतन्त्रसँग जोडौं’

१४ श्रावण २०८१, सोमबार
१४ श्रावण २०८१, सोमबार

नेपालगञ्ज, १४ साउन ।

बाघ र वन्यजन्तु विना मानिसको जीवन असम्भव रहेको संरक्षणकर्मीहरुले बताएका छन् । विश्व बाघ दिवसको अवसरमा बाँके राष्ट्रिय निकुञ्जद्वारा सोमबार कोहलपुरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाकी उप प्रमुख संगिता सुवेदीले जलजंगल र जमिनको स्वस्थ पारिस्थितिकीय प्रणाली तथा समृद्धिका लागि वाघ र वन्यजन्तुको संरक्षण अति महत्वपूर्ण रहेको बातइन् । निकुञ्ज विस्तारसँगै बाघको संख्या बृद्धि हुँदै जाँदा निकुञ्ज मध्यवर्ती क्षेत्रमा बाघ र वन्यजन्तुबाट स्थानीयलाई क्षति भन्दा लाभ कसरी लिन सकिन्छ भन्नेतर्फ संरक्षणकर्मीहरुको ध्यान जान आवश्यक रहेको उनले बताईन् । उनले भनिन् ‘मध्यवर्ती क्षेत्रका बासिन्दा विना बाघ संरक्षण असम्भव छ तर, आफैले संरक्षण गरेको बाघबाट क्षति भन्दा पनि लाभ लिन सके मात्र बाघ संंरक्षणको सार्थकता हुनेछ ।’

बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्काले बाघ नेपालको लागि गौरवको विषय बनेको बताए । बाघ संरक्षणमा नेपाल अग्र स्थानमा रहेको सर्व विदितै छ’, उनले भने ‘अव बाघलाई अर्थतन्त्रसँग जोडेर आर्थिक समृद्धिसँग जोड्न आवश्यक छ ।’ अवको चुनौती बाघ ब्यवस्थापन रहेको बाताउँदै अध्यक्ष खड्काले मध्यवर्ती क्षेत्रका वासिन्दाले सावधानी अपनाउन सके बाघ र मानवबिच सहअस्तित्व कायम गर्न सकिने बताए ।

सन् २०१० मा स्थापना कालमा ४ वटा पाटे बाघबाट अहिले २५ पु¥याउन सफल भएको र अझै बृद्धि हुने क्रम जारी रहेको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोज कुमार शाहले बताए । उनले भने ‘अव हाम्रो चिन्ताको विषय भनेको बाघको संख्या बृद्धि हुँदै जाँदा बेला बखतमा बाघ र मानिसबिचको द्वन्द्वका कारण अप्ठेरो परिस्थिति श्रृजना हुन्छ । त्यो परिस्थिति आउन नदिन केकस्ता उपाय अपनाउनुपर्छ भन्ने तर्फ हाम्रो ध्यान केन्द्रित छ ।’ बाघलाई अब स्थानीय अर्थतन्त्रसँग जोड्न सक्नुपर्ने पर्ने उनले बताए । ‘हामी टुरिजमको कुरा गाछौं तर, हामीसँग बाघ हुँदाहुँदै बाघ हेर्ने मान्छे भित्र्याउन नसक्नु कमजोरी हो ।’ उनले भने – ‘हामी सँग निकुञ्ज भित्र सबै पुर्वाधार छ, एकपटक मात्र बिदेशी पर्यटक भित्र्याउने श्रृंखलाको सुरुवात गर्न सक्यौं भने पर्यटकको रोजाई बाँके राष्ट्रिय निकुञ्ज नै हनेछ ।’ बाघ र मानवबिच सह अस्तीत्व कायम गर्नका लागि जति पनि मापदण्ड र विकल्पहरु छन् सबै बाँके राष्ट्रिय निकुञ्जले अपनाउँदै आएकाले पछिल्लो दुई बर्ष यता बाघबाट मानवीय क्षति नभएको वरिष्ठ संरक्षण अधिकृत शाहले बताए ।

दिवसको अवसरमा बाँके राष्ट्रिय निकुञ्ज, निकुञ्ज संरक्षणमा हातेमालो गर्दै आएका तराई भुपरिधि कार्यक्रम (ताल) जेडएसएल नेपाल, हिमालयन नेचर, मध्यवर्ती क्षेत्र उपभोक्ता समिती, सामुदायिक वन, चोरी शिकारी नियन्त्रण युवा सञ्जाल, ईको क्लवका विद्यार्थीहरुको सहभागितामा विभिन्न झाँकी सहित विहान कोहलपुरमा प्रभातफेरी समेत गरिएको थिायो । बाँके राष्ट्रिय निकुञ्ज सेक्टर कार्यालय कोहलपुरको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी कोहलपुर बजार परिक्रमा गरेर पुनः सेक्टर कार्यालयमा पुगेर समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?