ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

चर्को व्याज विरुद्ध व्यवसायीले बुझाए राष्ट्रबैंकलाई ज्ञापनपत्र

३ कार्तिक २०७९, बिहीबार
३ कार्तिक २०७९, बिहीबार

बुटवल, ३ कात्तिक ।

रुपन्देही व्यापार संघले राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ र त्यसबाट व्यापार व्यवसायमा परेको प्रभाव एवं बैंक वित्तीय संस्थाहरुले व्याजदरमा गरेको बृद्धिको विरोधमा ध्यानाकर्षण भएको भन्दै चरणबद्ध आन्दोलन सुरु गरेको छ ।

संघले पहिलो चरणको आन्दोलन अन्तर्गत विहीबार नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखामा मार्फत नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेसहितको संघको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक रञ्जना पौडेललाई उक्त ज्ञापनपत्र हस्तान्तरण गरेको थियो । ज्ञापन पत्र हस्तान्तरण गर्दै संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले राष्ट्र बैंकको गलत नीतिका कारण बैंकहरुले व्याज दर बढाएर व्यापार व्यवसाय चलाउनै नसकिने परिस्थितिको सिर्जना भएको भन्दै यथाशक्य समाधानको निम्ति आग्रह गरे ।

पछिल्लो समय नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा बैंक वित्तीय संस्थाहरुबाट विना कारण व्याज बृद्धि गर्दा व्यवसाय सञ्चालनमा गम्भीर असर परेको भन्दै उनले यसलाई नसच्याएमा व्यवसायीहरु पेशाबाट पलायन हुने अवस्था सिर्जना भएको बताए । उनले बैंक वित्तीय संस्थाहरुबाट लिएका ऋणको व्याज अस्वाभाविक रुपमा वृद्धि गरिनुका साथै त्यसमा कसैको निगरानी नहुँनु ज्यादै दुःखद पक्ष रहेको स्मरण गराउदै त्यसमा राष्ट्र बैंकले ध्यान दिन र व्याज दर घटाउन आग्रह गरे ।

संघले ज्ञापन पत्रमा नेपाल राष्ट्र बैंकको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र बैंकको चर्को व्याजका कारण व्यवसाय क्षेत्रमा देखिएको जटिलतालाई हटाउन र अर्थतन्त्रलाई चलायमान बनाउनका लागि तत्काल बृद्धि गरिएको व्याजदर घटाउनु बाहेक अर्को कुनै विकल्प नभएको उल्लेख गरेको छ ।

संघले आकासिदो व्याजदर नियन्त्रणको लागि हाल विद्यमान स्प्रेड दर १ प्रतिशतमा घटाउनु पर्ने, बैंकहरुको आधार दरलाई यथाशक्य न्यूनतम विन्दुमा कायम गरिनु पर्ने, नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई प्रवाह गर्ने ऋण ५ प्रतिशत नै कायम गरिनु पर्ने, तरलताको सुमचित व्यस्थापन गर्नका लागि पुँजीगत खर्च समयमै गर्नु पर्ने यदि नभएको खण्डमा सरकारी खातामा रहेको रकम बैंक वित्तिय संस्थामा प्रवाहको व्यवस्था मिलाएर वजारमा पुँजी चलायमान गराउन सुझाव समेत दिइएको संघका महासचिव दयानिधि भण्डारीले बताए ।

यस्तै ज्ञापन पत्र ग्रहण गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक रञ्जना पौडेलले संघले प्रस्तुत गरेको विषयवस्तुलाई सकारात्मक रुपमा आफुले लिएको बताउदै व्यवसायीहरुको मागलाई आफुले इमानदारिताका साथ सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेसहित वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी, द्वितीय उपाध्यक्ष दिपकप्रसाद अधिकारी, महासचिव दयानिधि भण्डारी, सचिव फर्सुराम पन्त, सह–कोषाध्यक्ष मणि खनाल, कार्यसमिति सदस्य प्रकाशराज पौडेल र कार्यालय प्रमुख सरोज पोखरेलको सहभागिता रहेको थियो । यस्तै संघले चर्को बैंक व्याज विरुद्धका आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिंदै जाने र सोही कार्यक्रम अन्तर्गत कात्तिक ४ गते शुक्रबार सबै व्यापारिक प्रतिष्ठानहरुमा विरोधको सांकेतिक स्वरुप कालो पट्टी बाँधेर आ–आफ्नो व्यवसाय संचालन गर्ने कार्यक्रम रहेको संघका कार्यालय प्रमुख सरोज पोखरेलले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission