ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

लगानी बढ्दा किन घट्यो माछाको उत्पादन

प्रत्येक बर्ष माछा पोखरीको निर्माणको लागि समेत तीन वटा तहका सरकारले लगानी गर्दै आएको भएपनि त्यसको प्रतिफल नकारात्मक देखिएको पाइएको हो ।
१३ श्रावण २०८१, आइतबार
१३ श्रावण २०८१, आइतबार

बुटवल, १३ साउन ।
लुम्बिनी प्रदेशमा मत्स्य उत्पादनको लगि ३ तहका सरकार लगानी गरेको भएपनि मत्स्य उत्पादनमा गिरावट आएको छ । प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको तथ्यांक अनुसार गत आर्थिक बर्षको तुलनामा यो बर्ष माछा उत्पादनमा गिरावट आएको हो ।
प्रत्येक बर्ष माछा पोखरीको निर्माणको लागि समेत तीन वटा तहका सरकारले लगानी गर्दै आएको भएपनि त्यसको प्रतिफल नकारात्मक देखिएको पाइएको हो ।

अघिल्लो आर्थिक बर्षमा १५ हजार ८ सय ८९ मेट्रिक टन माछा प्रदेशमा उत्पादन भएकोमा गत आर्थिक बर्ष २०८०/०८१ भने भने घटेर १३ हजार ६ सय ७९ मेट्रिक टन मात्रै रहेको भएको छ ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त निर्देशक डा. प्रवेशसिंह कुँवरले यो बर्ष तथ्यांक सुधार भएको कारण पनि केही कमी भएको हुन सक्ने बताउँछन् । उनका अनुसार झण्डै २ हजार २ सय १३ मेट्रिक टन माछा कम उत्पादन भएको पाइएको हो ।
आर्थिक बर्ष २०७६/०७७ देखि आर्थिक बर्ष २०८०/०८१ सम्म आउँदा हाल सम्मकै माछा उत्पादनमा कमी देखिएको छ । सुरुवाती बर्षमा १४ हजार ४ सय ४६ मेट्रिक टन माछा उत्पादन भएको प्रदेशमा यो बर्ष सम्मा १३ हजार ६ सय ७६ मेट्रिक टन माछा उत्पादन भएको हो ।
माछाको उत्पादन संगै जलालय समेत घटेको पाइएको छ । अघिल्लो बर्षमा ३ हजार ३ सय ३८ हेक्टर क्षेत्रफल मा माछा पालन गर्दै आएकोमा यो बर्ष ३ हजार १ सय ७८ हेक्टर मात्रै सीमित भएको छ । जसको कारण आर्थिक बर्ष २०८०/०८१ मा उत्पादकत्व समेत घटेको छ । यो बर्ष ४. मेट्रिक टन प्रति हेक्टर रहेको छ । गत बर्ष ४.७६ मेटिक टन/हेक्टर रहेको थियो ।

उत्पादकत्व हाल सम्मकै न्युन देखिएको छ । लुम्बिनी प्रदेशको कपिलवस्तु, रूपन्देही नवलरासी, दाङ बाँके र बर्दिया जिल्लामा प्रकृतिक जलायमा समेतमा माछा पालन गरिँदै आइएको छ । १ हजार ९८ हेक्टर प्रकृतिक जलासयमा १ हजार ६ सय ९८ मेट्रिक टन माछा गत आर्थिक बर्षमा उत्पादन भएको पाइएको प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलको तथ्यांकमा उल्लेख छ ।
कृत्रिम रूपमा ३ हजार १ सय ७८ हेक्टर क्षेत्रफलमा माछा पालन गरिदैै आएको छ । १३ हजार ६ सय ७६ मेट्रिक टन माछा कृत्रिम पोखरीबाट उत्पादन भएको पाइएको छ ।

प्रदेशको रूपन्देही जिल्लामा माछाको सुपरजोन नै सञ्चालन भएको छ । संघीय मन्त्रालयको प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना अन्र्तगत जिल्लामा माछा सुपर जोन सञ्चालन भएको छ । यसको अलवा पालिका स्तरमा, जिल्ला स्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले समेत मत्स्य क्षेत्रमा लगानी गरेको भएपनि गत आर्थिक बर्षमा आशातित प्रतिफल प्राप्त हुन नसकेको हो ।
माछा पालन एउटा कृषि व्यवसाय हो । तराईका विभिन्न भूभागमा यो पेसा बढ्दो क्रममा छ । माछा पोषणको रूपमा प्रयोग गरिने प्रोटिनको एक प्रमुख स्रोत हो । माछा सुपाच्य हुनुका साथै यसमा १५–२० प्रतिशत प्रोटिन पाइन्छ । यसको अलावा माछालाई सगुनको रूपमा लिइन्छ । माछालाई पोखरी, ताल, नदी, धान खेत तथा अन्य जलाशयहरूमा पालन् गरिन्छ ।
व्यावसायिक रूपमा पालिने माछाहरू हाल ७ प्रकारका रहेका छन्, जसमध्ये ३ स्वदेशी र ४ विदेशी जातका छन् ।
कसरी पाल्ने माछा ?
माछाका लागि पोखरीको तयारी वर्षा लाग्नुभन्दा पहिले नै गर्न उपयुक्त देखिन्छ। माछा पालन सबै प्रकारका साना ठुला मौसमी तथा बाहृमासे पोखरीमा गर्न सकिन्छ। यस बाहेकै यस्ता पोखरी जहाँ अन्य जलीय वनस्पतीय फसलहरू जस्तै– जलबदाम, कमलको फुल, ढस वा घाँसिलो ठाउँ लिन सकिन्छ । यी सबै माछा पालनका लागि उपयुक्त मानिन्छ ।
माछा पालनका लागि पोखरीमा मल, उर्वर सामग्री, अन्य खाद्ध पदार्थ आदि हालिन्छ, यी सबै सामग्रीले पोखरीको माटो तथा पानीको उर्वरता बढ्दछ र परिमाण स्वरूप फसलको उत्पादन बृद्धि हुन्छ । यी वनस्पतीय फसलहरूको सृष्टि फोहोर पोखोरीको पानी जुन सडेगलेका हुन्छन्, तिनले पानी वा माटोलाई अधिक उर्वर बनाउँछन, जसबाट माछाको सर्वोत्तम प्राकृतिक आहार प्लेटन (प्लवक) उत्पन्न हुन्छ । यस प्रकार दुवै नै एक अर्काको पुरक बन्दछन् र आपसमा उत्पादन बढाउन सहायक हुन्छन् ।
धान खेतमा पनि जहाँ जुन–जुलाई महिनादेखि अक्टोबर–नभेम्वरसम्म पर्याप्त पानी भरिएको हुन्छ, माछा पालन गरेर अतिरिक्त आय प्राप्त गर्न सकिन्छ । धान खेतीमा माछा पालनका लागि एउटा भिन्नै प्रकारको तयारी गर्ने आवश्यकता हुन्छ । कृषकहरू आफ्नो खेतबाट राम्रो उत्पादन गर्नका लागि खेत जोताउँछन्, गरा एवम् डिल (आली) आदि यथा समयमा आवश्यकतानुसार नाइट्रजेन, स्फुर तथा पोटास मलको प्रयोग गर्दछन् । उचित समयमा रोपिएको बिउमा बिमारको रोकथामका लागि दवाई आदिको प्रयोग गर्दछन् । ठिक यस्तै प्रकारले माछाको राम्रो उत्पादन प्राप्त गर्नाका लागि माछा पालनमा पनि खेतिको यो क्रिया कलापहरू प्रयोग गर्न अत्यावश्यक हुन्छ ।

झण्डै २ हजार २ सय १३ मेट्रिक टन माछा कम उत्पादन भएको पाइएको छ । आर्थिक बर्ष २०७६/०७७ देखि आर्थिक बर्ष २०८०/०८१ सम्म आउँदा हाल सम्मकै माछा उत्पादनमा कमी हो । सुरुवाती बर्षमा १४ हजार ४ सय ४६ मेट्रिक टन माछा उत्पादन भएको थियो । यो बर्षमा १३ हजार ६ सय ७६ मेट्रिक टन माछा उत्पादन भएको छ । तथ्यांकको व्यवस्थापनमा सुधार भएको कारण पनि केही कमी भएको हुन सक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?