© २०२३
बुटवल, ११ साउन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बरमा बुटवलकी नाबालिगमाथि सामूहिक बलात्कार भएको छ । बुटवलकी १४ बर्षीया नाबालिगमाथि बाणगंगाका तीन जना युवाहरुले सामूहिक बलात्कार गरेका हुन् ।
बलात्कार गर्ने युवाहरू १ जना नाबालक १७ वर्षको, एक जना १८ वर्षको र अर्का २३ वर्षको रहेको प्रहरीले जनाएको छ । उनीहरु वाणगङ्गा नगरपालिका वडा नम्बर ९ का पडेरियाका रहेको खुलेको छ ।
यो घटना साउन ५ गते रातिको हो । युवाहरूले नाबालिगलाई जाँड खुवाएर बलात्कार गरेको प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ । बाहिर खाजा खाने निहुँमा छ्याङ भन्दै जाँड खुवाएपछि युवाहरूले होटलमा लगेको बुझिएको छ ।
चार नम्बर चोककै एक होटलमा युवाहरूले उनलाई लगेका हुन् । पहिला दुई जना युवाहरू मात्रै संलग्न रहेका थिए र बलात्कारपछि नाबालिग बेहोस भएपछि उनीहरूले नाबालिगलाई होटलमै छोडेर घर गएका थिए । होटलवालाले त्यो केटी एक्लै छ भन्ने थाहा पाएपछि पटक पटक फोन गरेर ती युवाहरूलाई बोलाएको बताइएको छ ।
नाबालिगको सम्पर्कमा रहिरहने केटा साथी घरमा फोन अफ गरेर सुतेपछि उसको साथीलाई होटलवालाले होटलमा बोलाएको बताइएको छ । होटलमा त्यो साथीले अर्को कुनै साथी लिएर आएको र बलात्कारपछि एक जना फेरि घर फर्केको स्रोतले बताएको छ । नाबालिगसँग रातभर बिताएको युवक उनका प्रेमीका साथी थिए । त्यो कुरा पीडित नाबालिगलाई अर्को दिन ६ गते बिहान विस्तारबाट उठ्दा मात्र थाहा भयो ।
त्यसपछि नाबालिग बुटवल फर्किइन् । फर्किनासाथ उनले परिवारमा कुरा गरेपछि इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिन गएको र बुटवल प्रहरीले घटना बाणगंगाको भएकाले जाहेरीका लागि इलाका प्रहरी कार्यालय पिपरामा पठाएको बताईएको छ ।
बलात्कार भएको भोलिपल्ट युवतीले इलाका प्रहरी कार्यालय पिपरामा जाहेरी दिएपछि यो तथ्य बाहिर आएको हो । नाबालिगको जाहेरीको आधारमा अहिले बलात्कार गर्ने युवकहरू पक्राउ परिसकेका छन् । एक जनालाई साउन ७ गते र अरु २ जनालाई ८ गते पक्राउ गरी म्याद थप गरी राखिएको प्रहरीले जानकारी गराएको छ । बलात्कारीमाथि कानुन अनुसार कारबाही प्रकृया अघि बढाउने प्रहरीको भनाई छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी