ट्रेंडिंग:

>> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ

यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन

१० श्रावण २०८१, बिहीबार
१० श्रावण २०८१, बिहीबार

सुर्खेत, १० साउन ।

कर्णाली सरकारमा सहभागी माओवादीका चारजना मन्त्रीहरुले सोमबार राजीनामा दिएपछि उक्त मन्त्रालयहरु मन्त्रीविहीन छन् । हाल मुख्यमन्त्री यमलाल कँडेलले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहित ६ वटै मन्त्रालयको नेतृत्व सम्हालेका छन् ।

मुख्यमन्त्री कँडेलले यसअघिदेखि नै कानुन मन्त्रालय आफैसँग राखेका थिए । त्यसबाहेक शेरबहादुर बुढाले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र विनोदकुमार शाहले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हालेका छन् । उनीहरू दुवै जना एमालेका हुन् । यस्तै एमालेकै गमता विक भौतिक राज्यमन्त्री सम्हालेकी छन् ।

कँडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालय सम्हालेका छन् । कानुन मन्त्रालय बाहेकका मन्त्रालयहरूमा माओवादीका मन्त्रीहरू थिए ।

माओवादीबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि नेपाली कांग्रेस सरकारमा कहिले सहभागी हुने भन्ने विषयमा दुई दलबिच छलफल हुन सकेको छैन ।

काँग्रेसभित्रको आन्तरिक सहमति जुट्न नसकेका कारण सरकार पुनर्गठनमा ढिलाई भएको एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाई बताउँछन् । ‘हासम्म सरकार गठनका विषयमा दुई दलबीच छलफल भएको छैन’, उनले भने, ‘काँग्रेसभित्र सहमति भइसकेमा मन्त्रालयको भागवण्डाको विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा दुई दलबीच छलफल हुन्छ ।’ सहमतिको लागि काँग्रेसका सांसदहरु काठमाडौमा रहेको उनले जनाए । त्यसैगरी हाल मुख्यमन्त्री कँडेलले आफैसँग राखेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विषयमा पनि छलफल हुने उनले बताए । ‘सम्भवत ः माओवादीले सम्हालेका मन्त्रालय काँग्रेसले लिने हुन सक्छ’, उनले भने, ‘छलफलका क्रममा त्यो भन्दा फरक भएर जानुपर्छ भन्ने आएमा सबै मन्त्रालयको हेरफेर हुनपनि सक्छ ।’

यता काँग्रेसका सचेतक हिक्मत विष्टले पार्टीभित्र सहमतिका लागि आफुहरु काठमाडौंमा रहेको बताए । ‘हिजो पार्टी सभापतिसँग भेटघाट भयो कर्णालीको विषयमा सबै जानकारी गराएका छौ’ विष्टले भने, ‘आज पार्टीका उपसभापति र हाम्रा दलका नेताहरु बसेपछि यो विषयमा टुंगो लाग्छ ।’ आज बेलुकासम्म मन्त्रालय र मन्त्री को बन्ने भन्ने विषयमा टुंगो लाग्न सक्ने उनले बताए ।‘ यसअघि माओवादीले नै सम्हालेको मन्त्रालयको नेतृत्व गर्ने की अन्यमा नेतृत्व गर्ने भन्ने छलफल भएको छैन’ उनले भने, ‘यस विषयमा पनि आज छलफल भएर टुंगो लाग्न सक्छ ।’ हाल कर्णाली प्रदेशसभामा काँग्रेसका १४ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?