ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

राजधानी सार्दा आँखा चिम्म गर्ने गिरिमा दौरा सुरुवाल फुस्किदा देखिएको नैतिकता

१० श्रावण २०८१, बिहीबार
१० श्रावण २०८१, बिहीबार

बुटवल टुडे संवाददाता। झन्डै साढे ३ वर्ष बुटवल मुकाममा बसेर लुम्बिनी प्रदेशमा शासन चलाएका एमालेका महासचिव शंकर पोखरेलले बुटवलको भविष्य गिजोल्नेमात्र नभई आफ्नै पार्टी नेकपा एमाले भित्र गुटको बिउ बिजोरोपण गरे । राजनीतिक पार्टी पद्धतिलाई तहस नहस बनाए । लुम्बिनी प्रदेश अहिले नेकपा एमालेभित्रको गुटउपगुट सामाजिक संजालमा कार्यकर्ताबाट छताछुल्ला भएको छ ।

पछिल्लो पटक प्रदेशमा नंया मुख्यमन्त्री नियुक्तिमा पोखरेलले देखाएको रवैयाले आफू विरुद्ध पार्टीमा फरक मत राख्नेहरू ढिलो चाँडो कसैको पनि राजनीतिक भविष्य सुरक्षित रहँदैन भन्ने स्पष्ट सन्देश दिन खोजेका छन् भने अहिले प्रदेश सरकारमा पठाइएका केही मन्त्रीको अनुहार हेर्दा मन्त्रीको योग्यता गुटबाहेक अरू केही चाहिँदैन भन्ने मापन पनि स्थापना गरिएको छ ।

 

बुटवलमाथिको कुठाराघात

नेपालको नंया संविधान अनुसार प्रदेश गठन हुंदा तत्कालीन सरकारले तोकेका ७ मध्ये ६ प्रदेशका राजधानी सरकारले तोकेकै ठांउमा कायम भएका छन् । तर तत्कालीन प्रदेश नं ५ को राजधानी बुटवलबाट दाङको भालुवांग क्षेत्रमा स्थानान्तरण गरियो । हरेक हिसाबले अपायक ठांउमा राजधानी स्थानान्तरण गर्नुको औचित्य पुष्टि गर्न राजधानी स्थानान्तरण गर्नका लागि मुख्य भूमिका खेल्ने तत्कालीन मुख्यमन्त्री शंकर पोखरेललाई त गाह्रो भएको छ नै उनलाई साथ दिने एमालेका तत्कालीन प्रदेश सभा सदस्यहरूलाई पनि सहज छैन । अपायक ठांउमा जवर्जस्ती कायम गरिएको राजधानीकै कारण कर्मचारी आउन नमान्दा प्रदेश मन्त्रालयहरूले कर्मचारीको अभाव खेप्दै आएका छन् । जसको असर प्रदेश सरकारको कार्यसम्पादनमा पर्दै आएको छ । अपायक ठांउमा भएको राजधानीकै कारण भ्रष्ट्राचार मौलाएको छ भने कार्य प्रगतिमा अरू प्रदेशहरूको तुलनामा लुम्बिनी प्रदेश सबैभन्दा पछाडि पर्दै आएको छ ।

बुटवलबाट भालुवांग राजधानी सार्नुको समग्रमा औचित्य पुष्टि गर्न नसके पनि तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला भएका कारण दांगमा गएर भाषण गर्ने उनका लागि यो एजेन्डा थपिएको देखिन्छ तर राजधानी सार्नका लागि आँखा चिम्लेर शंकर पोखरेलको समर्थन गर्नै रुपन्देहीका तत्कालीन मन्त्री लीला गिरिले के आधारमा बुटवल माथि यती भयङ्कर ठुलो कुठाराघात गरेका थिए ? यसको जवाफ कुनै न कुनै दिन इतिहासले दिने नै छ ।
अनौपचारिक /औपचारिक रूपमा पार्टीको निर्देशनका कारण बुटवल विरुद्ध सहिछाप गर्न बाध्य भएको विलाप गिरिले गर्दै आएको सुनिन्छ । पार्टीको निर्देशन नै मान्ने हो भने अहिले मुख्य मन्त्री बन्नका लागि लगाएको दौरा सुरुवाल फुस्किदा पार्टीले अन्याय र पद्धति मिच्यौ भनेर विलाप गर्नुको औचित्य के हो ? यसको पनि लीलागिरीले जवाफ दिनुपर्छ ।

दौरा सुरुवाल खुस्किएकै कारण अहिले संसदीय दलको नेताबाट गिरिले राजीनामा दिएको बताएका छन् । बुटवल माथि त्यति ठुलो अन्याय र षडयन्त्र भएको समय उनले जसरी आँखा चिम्लेर शंकर पोखरेलको समर्थन गरे त्यो वेला लीला गिरिको नैतिकता कहाँ थियो ? अथवा पोखरेलको कृपाले पाएको मन्त्री पद फुस्कने डर थियो ? मतदातालाई यसको पनि जवाफ चाहिएको छ । “राजधानी सार्ने वेलामा लीला गिरिलाई प्रयोग गरिएको हो ।“ एमालेका एक जना कार्यकर्ताले भने “ जब एमाले लुम्बिनी प्रदेशको चुनावमा शंकर पोखरेलले समर्थन गरेका उम्मेदवार विरुद्ध गिरि देखिए त्यसैको बदला अहिले पोखरेलले लिएका हुन् ।“

भष्ट्राचार र अपहरणकारीको ट्याग लागेका मन्त्री

लुम्बिनी प्रदेश सरकार स्थापनाको सुरुकै वर्षमा गाडी खरिद प्रकरणमा भ्रष्ट्राचार भएको समाचार बाहिर आएको थियो । लुम्बिनीका मन्त्रालय तथा प्रदेश सभा सचिवालयले खरिद गरेका एकै प्रकारका गाडीको मूल्य फरक फरक देखिए पछि खोजविन गर्दा ती गाडी एउटै कम्पनी वाट खरिद भएको देखियो र सो कम्पनीका स्थानीय साझेदार थिए हालका मन्त्री एवं रुपन्देहीका एमाले प्रदेश सांसद भुमिश्वर ढकाल ।

बुटवलबाट राजधानी सार्नका लागि शंकर पोखरेललाई आँखा चिम्लेर सघाउनुका पछाडि भुमिश्वर ढकालको गाडी काण्डले मुख्य काम गरेको एमाले वित्तमा अहिले पनि चर्चाको विषय बन्दै आएको छ । शंकर पोखरेल दोस्रो पटक मुख्य मन्त्री बने पछि सो पदमा निरन्तरता दिन दाङकी समानुपातिक सांसद बिमला कुमारी क्षेत्रीलाई उनकै घर दांगवाट अपहरण गरि बुटवलको मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइएको भन्ने आरोप भुमिश्वर ढकाल माथि लागेको थियो । यद्दपी त्यसको कानुनी तथा न्यायिक उपचार अहिले सम्म पनि भएको छैन । बुटवल विरोधी ढकाललाई अहिले चेतनारायणको मन्त्रीमण्डलमा पनि समावेश गरिएको छ ।

“शंकर पोख्ररेल र ढकालवीच गुन तिरातिर भएको हो ।“ एक जना एमाले कार्यकर्ता भन्छन् “ शंकर पोखरेल शक्तिमा रहदा सम्म रुपन्देहीमा यस्ता प्रकरणहरू भई नै रहने छन् किन भने रुपन्देहीमा पार्टीभित्र रोपिएको गुटको बिउ अहिले झाँगिइसकेको छ ।“

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?