© २०२३
बुटवल, ९ साउन ।
देशकै नमुना विद्यालयको रुपमा रहेको कालिका मानवज्ञान माविका विद्यार्थीको केही समय पहिला सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा रिटोटलिङ्ग गर्दा ४ जीपीए आएको छ ।
विद्यार्थीले आफ्नो पहिलाको नतिजा चित्त नबुझाएर रि–टोटलिङ्गको लागि राष्ट्रिय परिक्षा बोर्डमा आवेदन दिएका थिए । उक्त नतिजा अनुसार शिशिर मल्लको ४ जीपीए आएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए । उनले भने–‘ लामो प्रतीक्षा पछि हाम्रो विद्यालय कालिका मानव ज्ञानमान बुटवलका मेधावी छात्र शिशिर मल्लको नातिजा रिटोटलबाट सुधार भै जीपीए ४ भएको छ । ’
०४८०३२४१ सिम्बोल नम्बर भएका शिशिर मल्लको पहिला ३.६ जीपीए सहित ए प्लस आएको थियो । नतिजा पछि नतिजा परिर्वतन भई आउँदा उनको ४ जीपीए सहित ए प्लस नतिजा आएको विद्यालयले जनाएको छ ।