ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा

विपतबाट कर्णालीमा दुई महिनाको अवधिमा नौ जनाको मृत्यु

८ श्रावण २०८१, मंगलवार
८ श्रावण २०८१, मंगलवार

सुर्खेत, ८ साउन ।

कर्णालीमा मनसुन सुरु भएयता नौ जनाको ज्यान गएको छ । जेठको अन्तिम सातायता मनसुनजन्य विपद्मा परी नौ जनाको ज्यान गएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखाका प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिए । शाखाको तथ्यांक अनुसार विपद्मा परी पछिल्लो दुई महिनामा अवधिमा ३५ जना घाइते भएका छन् भने ८० बढी सार्वजनिक तथा निजी घरहरुमा क्षति पुगेको छ । मनसुनजन्य विपद्का घटनामा परी १४ करोड बराबरको धन क्षति भएको रोकायले जनाए ।

कर्णाली प्रदेशमा पछिल्ला केही वर्षयता मनसुनजन्य विपद्का घटना बढ्दो छ । त्यसमध्ये पनि प्रदेशका जिल्लाहरु पहिरोको जोखिममा रहेको रहेको देखिन्छ । पछिल्लो समय पहिरोबाट हुने विपद् थप चुनौतीपूर्ण बन्दै गएको रोकायले बताए । भौगोलिक रुपमा विकट रहेकाले विपद्पछि खोजी र उद्धारमा पनि थप समस्या हुने गरेको उनले बताए ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक हेर्दा पछिल्लो चार आर्थिक वर्षमा विपद्का घटनाबाट चार सय १९ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा चार हजार पाँच सय ७९ विपद्का घटना भएका थिए । प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा चार सय १६ विपद्का घटना भएकोमा ८५ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८÷०७९ मा एक हजार दुई सय १६ विपद्का घटना भए । उक्त वर्षमा ६८ जनाले ज्यान गुमाए । यसैगरी आर्थिक वर्ष २०७९÷०८० मा दुई हजार दुई सय १४ विपद्का घटना भएका थिए । जसमा ७२ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०÷०८१ मा सात सय ३३ विपद्का घटना भएकोमा एक सय ९४ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक रहेको छ ।

मनसुन सक्रिय भएसँगै कर्णाली सरकारले विपद्को पूर्वतयारी योजना बनाएको थियो । विपद् व्यवस्थापनका लागि प्रदेशका १० वटै जिल्लामा विभिन्न समिति निर्माण भई तयारी अवस्थामा राखिएको छ ।

कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना–०८१’ तयार गरी पारित गरेको छ । त्यसैगरी एक साताअघि प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले सम्पूर्ण सुरक्षा निकायहरुलाई तल्लो युनिटसम्म सक्रिय अवस्थामा रहन निर्देशन दिएका थिए । प्रदेशमा रहेका सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरुको बैठकमा मुख्यमन्त्री कँडेलले यस्तो निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?