© २०२३
सुर्खेत, ८ साउन ।
नेकपा माओवादीले कर्णाली सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि मुख्यमन्त्री यामलाल कंडेल अल्पमतमा परेका छन् । माओवादी संसदीय दलका नेता राजकुमार शर्माले कर्णाली प्रदेश प्रमूख तिलक परियारलाई सोमवार पत्र बुझाएर मुख्यमन्त्री कंडेललाई दिएको सर्मथन फिर्ता लिएका हुन । समर्थन फिर्ता लिनुभन्दा अगाडि माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा समेत दिइसकेका छन् । माओवादीबाट चार जना मन्त्री सरकारमा सहभागी थिए ।
कर्णालीमा केन्द्रीय गठबन्धन अनुसार काँग्रेस र एमालेको सरकार कर्णालीमा बन्ने भएपनि हाल काँग्रेस प्रमूख प्रतिपक्षीमै रहेको र सरकारमा सहभागि नभएका कारण उनि अल्पमतमा परेका हुन् ।
प्रदेश सभामा अब सत्तापक्षमा एमालेका नौ जना सांसद मात्रै रहेका छन् । कर्णाली प्रदेशसभामा काँग्रेसका १४, माओवादीका १३ सांसद, राप्रपा र नेकपा एसका एक एक जना गरि २९ जना सांसद प्रतिपक्षमा रहेका छन् ।