© २०२३
लमही, ७ साउन ।
मोटरसाइकलको ठक्करबाट देउखुरीमा एक बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा लमही नगरपालिका –१ नर्ती निवासी चन्द्र प्रसाद चौधरीकी १० वर्षिया छोरी स्वस्तिका चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिएका छन् ।
गए राति स्वस्तिकाले बाटो क्रस गर्ने क्रममा पश्चिमबाट पुर्व तर्फ गईरहेको लु ९५ प ८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा उनी गम्भीर घाइते भएकी थिईन् । गम्भीर घाइते स्वस्तिकाको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले बताएको छ ।
मोटरसाइकल चालक गढवा गाउँपालिका– २ महदेवा निवासी २९ वर्षिय अपिल शर्मा पनि घाइते भएको भुसालले बताए । शर्माको चिउडो र बायाँ हातमा चोट लागेकोले उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ भने घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी