ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

बुटवल कोरा २०२४ सम्पन्न

काठमाण्डौ बाहिर सबैभन्दा धेंरै साढे ३ सय साईक्लिष्ट सहभागी, चार पालिकाका ६५ किलोमिटर दुरीमा विभिन्न धार्मिक पर्यटकियस्थल भ्रमण
६ श्रावण २०८१, आइतबार
६ श्रावण २०८१, आइतबार

बुटवल, ६ साउन । साईकलमार्फत पर्यावरण जोगाउने र पर्यटन प्रर्वद्धनको उदेश्यका साथ बुटवलमा कोरा २०२४ भब्य रुपमा सम्पन्न भएको छ । जिटिए साईकल र मणिमुकुन्द कलेजको मुख्य प्रायोजनमा बुटवल साईकल ग्रुपको आयोजना तथा बुटवल युनाईटेड साईक्लिङ क्लब, साईकल सिटि बुटवल, ह्याप्पी साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लबको सहकार्यमा शनिबार बुटवल कोरा २०२४ सम्पन्न भएको हो ।

‘साईकल चलाऔ, स्वस्थ्य र पर्यावरण जोगाऔ’ भन्ने मुल नारासहित कालिकानगरस्थित मणिमुकुन्द कलेजबाट शुरु भएको साईकल रेली श्रृगेश्वर धाम, मिलनचोक, चरङे, बेसक्याम्प, योगीकुटी, शारदास्कुल, मणिग्राम, गरगरे, फर्साटिकर, नरेनापुर मन्दिर, पिसपार्क ढवाहा, जलबिनायक मन्दिर, दुर्गामन्दिर, गोलपार्क, ट्राफिक चोक, कालिकापथ हुदै योगीकुटी पुनः मणिमुकुन्द कलेज परिसरमा कार्यक्रम समापन भएको थियो ।

कलेज प्राणगढमा कार्यक्रमको शुभारम्भ गर्दै मणिमुकुन्द कलेजका क्याम्पस प्रमुख टुक बहादुर क्षेत्री, बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले साहसिक खेल पर्यटनका रुपमा साईक्लिङको विकास जोड दिनुपर्ने बताए । कार्यक्रममा मणिमुकुन्द कलेजका क्याम्पस प्रमुख टुक बहादुर क्षेत्रीले विगत लामोसमयदेखी कलेजबाट भलिबल, बास्केटबल, साईकलका विभिन्न ईभेन्टमा सहकार्य गरेको भन्दै यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

साईकल रयालीलाई चरङे, मणिग्राम, फर्साटिकर, पिसपार्क गोलपार्कमा विशेष बाजागाजा र फुलमालाका साथ स्वागत गरिएको थियो । ढवाहास्थित पिसपार्कमा ईश्वरीय ब्रहमकुमारी विश्वविद्यालय नेपालकी केन्द्रिय वरिष्ठ उपाध्यक्ष कमला दिदी र ब्रहमकुमारी विश्व विद्यालय नेपालका क्षेत्रिय सचिव नरेन्द्र पौडेलले स्वागत गर्दै समाजसेवाको उदेश्यसहित साईकल यात्रामा सहभागीलाई स्वागत गर्दै सकारात्मक सोच, मानव जीवन, आत्मा र परमात्माका विषयमा प्रकाश पारे ।

एक कार्यक्रममा बिच कार्यक्रममा सहभागी साईक्लिष्ट, सहयोगी तथा सहकार्य गर्ने क्लबहरुलाई सम्मान गरिएको थियो । बुटवल साईक्लिङ क्लबका अध्यक्ष शिव चौधरी रुपन्देहीका ३ पालिकाहरुको महत्वपूर्ण धार्मिक पर्यटकिय स्थलको परिक्रमा गरिएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश साईक्लिङ संघका अध्यक्ष स्वस्तिक श्रेष्ठले साईकल साहसिक खेलका साथै पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण पाटो भएको बताए । यसअघि कोरा कार्यक्रमबाट बुटवलबाट एक जना मृगौला ट्रान्सप्लान्ट गरेकी भैरहवाका आयुषा पाण्डेलाई नगद ४६ हजार रुपैया, नेपालगंज शाखामार्फत १० हजार रुपैया सहयोग गरेको उनले स्मरण गरे ।

स्लो रेसमा मनिक र ह्विलीमा सन्जय विजयी

बुटवल कोरा २०२४ को अवसरमा शनिबार भएको दुई साइकल इभेन्टहरु सम्पन्न भएका छन । प्रतियोगितात्मक कार्यक्रममा स्लो साइकल रेसतर्फ ह्याप्पी साईक्लिङ क्लबका मनिक श्रेष्ठ विजयी भएका छन । सैनामैनाका समिर सोमाई दोस्रो तथा रानीगंजाका अन्सुल हिताङ तेस्रो भए ।

यसैगरि ह्विलीमा पोखराका संन्जय बरालले १ मिनेट ४७ सेकेण्ड रोकिदै प्रथम, निश्चल नेपाल ५२ सेकेण्डसहित दोस्रो तथा ह्याप्पी साईक्लिङ क्लबका जकोब राना ३६ सेकेण्डसहित तेस्रो भए । प्रतियोगिताको प्रथमले न्युम्युको तर्फबाट गिफट हेम्पर, दोस्रोले हेल्मेट र तेस्रोले केकेएफसीको तर्फबाट गिफट हेम्पर पाएको संयोजक किरण श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?