© २०२३
बुटवल, ६ साउन ।
नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा पत्रकारिता क्षेत्रको व्यावसायिक सुरक्षा र जवाफदेहिता सुदृढीकरण बिषयक कार्यशाला सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघले इन्टरनेशनलल अलर्टसँगको सहकार्यमा शुरु गरेको मिडिया सुरक्षा परियोजना अन्तर्गत गठन गरिएको फ्रि मिडिया नेटवर्कसँग आवद्ध सरोकारवालाहरुसँग पत्रकारिताको व्यवसायिक सुरक्षा र जवाफदेहिताका बिषयमा कार्यशालामा छलफल गरिएको हो ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तुलानात्मक रुपमा रुपन्देहीको पत्रकारिता व्यावसायिक रहेको तर प्रश्नको घेराबाट बाहिर नरहेको बताए । उनले राज्यका तहबाट प्रदान हुने सेवाप्रवाह र सुरक्षाका सन्दर्भमा पनि प्रश्न रहेको बताउँदै रुपन्देहीको राजनीतिक परिपक्वता र पत्रकारिताको व्यावसायिकता राम्रो रहेको बताए । अर्यालले पत्रकारिता क्षेत्र अपडेट र अपग्रेड हुनुपर्नेमा जोड दिए । उनले प्रशासनका तर्फबाट पत्रकारितालाई सुरक्षा दिनका लागि कुनै कसर बाँकी नराख्ने र सूचना प्रवाहका सन्दर्भमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले प्रस्तुती राख्दै रुपन्देहीमा पत्रकार आचारसंहिता पालना भइरहेको बताउँदै आफुहरुमाथि उठेका प्रश्नमा सच्चिन तयार रहेको बताए । उनले आफुहरुले विगतदेखि नै फ्रि मिडिया नेटवर्क गठन गरेर पत्रकारहरुको पेशागत सुरक्षा र पत्रकारितालाई व्यावसायिक बनाउने सन्दर्भमा छलफल गर्ने गरेको समेत बताए ।
उक्त अवसरमा पत्रकारहरुको सुरक्षा, नागरिक समाज र पत्रकारहरुविच सूचनाको हक प्रयोग, समाचार संकलन र सम्प्रेषणका क्रममा निष्पक्ष र व्यवसायिक अभ्यास गरेको नगरेको, सञ्चारगृहमा लैंगिक तथा सामाजिक समावेशिकरण सम्बन्धी नीति कार्यान्वयन गरे नगरेको, पत्रकारिताको सुदृढीकरणका लागि स्थानीय सरकारको भूमिका, स्थानीय सरकारको सञ्चार नीति लगायतका सूचकका आधारमा रुपन्देहीको अवस्थाबारे मापन गरिएको थियो । उक्त सूचकबारे नागरिक समाज र अन्य सरोकारवालाहरुका तर्फबाट मानवअधिकारकर्मी गोविन्द खनाल र पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डेयले प्रस्तुती राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यक्रम संयोजक गिरीराज अधिकारीले प्राप्त भएका सूचांकहरुको परिणामलाई आगामि नेतृत्वले कार्ययोजना बनाएर कार्यान्वयन गर्ने बताए ।
कार्यशालाबाट रुपन्देहीमा पत्रकार सुरक्षा, व्यावसायिकता लगायतका बिषयमा छुटाछुट्टै मूल्यांकनमा ठिकै अवस्था आएकाले आगामी दिनमा सुधार गर्नुपर्ने निष्कर्ष आएको महासंघ रुपन्देहीका सचिव विनोद परियारले बताए । कार्यक्रममा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय सहित, नागरिक समाज, मानवअधिकारकर्मी, स्थनीय जनप्रतिनिधि एवम् पत्रकारहरुको सहभागिता रहेको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी