© २०२३
बुटवल, ६ साउन ।
कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल १२ तामनगरमा रुट ईन्ड्रष्टिज तालिम सुरुवात गरिएको छ । १२० घण्टा कोरियन भाषा तालिम र १२० घण्टा को वल्डिंग तालिम प्रदान गर्ने र जसबाट परीक्षा आयोजना गरि पास भएका विद्यार्थी दक्षिण कोरिया जान पाउने गरि तालिम शुभारम्मभ गरिएको शिक्षालय प्रमुख नवीन किशोर गैरेले जानकारी दिए ।
तालिम शुभारम्भ कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उप प्रमुख सावित्रा देवि अर्यालले सिकेको सीप लाई प्रयोग गरि रोजगारीको लागि दक्षिण कोरिया गएर स्वदेश आएर सिपको सदुपयोग गर्न आग्रह गरिन् ।
कार्यक्रम कोरिय नेपाल बहु प्राविधिक शिक्षालयका रुट ईन्डष्ट्रिज कार्यक्रम संयोजक अमर अधिकारीले कोरिया सरकारको सहयोगमा यो तालिम आयोजना गरिएको र कोरियासरकारबाटनै त्यस देशको लागि औधोगिक कामदारको रुपमा दक्ष कामदार लैजाने गरी तालिम आयोजना गरिएको बताए ।
शिक्षालय का मेकानिकल डिपार्ट प्रमुख दिलिप केसिले प्रति विद्यार्थी ५५ हजार ५ सय रुपैया लिएर भाषा र वल्डिंगको तालिम आयोजना गरिएको जानकारी दिदै तालिम सकिएपछि परीक्षा, सीपपरिक्षण हुने र जसबाटपास भएका विद्यार्थी कोरिया सरकारले लैजाने जानकारी दिए ।
खुल्ला आवेदन मा गरिएकोमा ५० जना छनौट गरिएको जानकारी दिए । कार्यक्रममा कोरियन रिटर्नी गम्भिर गुरुङ, प्रशिक्षार्थी गोपाल कुमार रोका लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।