ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

बौराउँदै कोइलाबास

६ श्रावण २०८१, आइतबार
६ श्रावण २०८१, आइतबार

लमही, ६ साउन ।
दाङको कोइलाबास भन्सार कार्यालय बौराउन थालेको छ । बर्षौदेखि सुस्ताएको नाका चहलपहल बढेसँगै बौराउन थालेको हो । सो नाकावाट आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्य भन्दा अधिक राजस्व संकलन भएको छ । २९८०/८१ मा ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । जिल्लाको भन्सार कार्यालय रहेको कोइलाबास नाकामा चहलपहल बढ्दै जाँदा राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको हो ।

आर्थिक वर्ष २०८०/०८१ एक करोड तीन लाख ३८ रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको कोइलाबास भन्सार कार्यालयले असार मसान्तसम्म एक करोड ४० लाख ७६ हजार ९० रुपियाँ राजस्व सङ्कलन गरेको कोइलाबास भन्सार कार्यालयका प्रमुख दीपक शर्माले जानकारी दिए । जुन ग त आर्थिक वर्षको तुलनामा ४४ लाख ३५ हजार दुई सय ७८ रुपियाँ बढी हो ।

कार्यालय प्रमुख शर्माका अनुसार आर्थिक बर्ष २०७९/०८० मा २१ लाख ३९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा करिब पाँच गुणा बढी अर्थात् ९६ लाख २० हजार आठ सय १२ रुपियाँ राजस्व सङ्कलन भएको थियो । कोइलाबास भन्सार कार्यालयका प्रमुख शर्माका अनुसार अधिकांश राजस्व सवारीसाधनबाट उठ्ने गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनसँगै विभिन्न खाद्यान्नलगायतका सामग्रीबाट उठ्ने गरेको बताए ।

नाका सञ्चालनमा आएसँगै प्रत्येक बर्ष राजस्व सङ्कलनमा बृद्धि भइरहेको, “कोइलाबास भन्सार कार्यालय, दाङ जिल्लाको एक मात्र भन्सार कार्यालय हो । लामो समय बन्द रहेको नाका सञ्चालनमा आएसँगै राजस्व सङ्कलनमा समेत वृद्धि भइरहेको छ ।”

प्रत्येक बर्ष लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुँदै गएपछि कोइलाबास भन्सार कार्यालय आर्थिक वर्ष २०८१/८२ मा एक करोड ६३ लाख ६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

उक्त नाका बर्षौ पहिलो राजस्व सकल र चहलपहल को हिसाबके नेपालकै दोस्रो नाकाको रूपमा रहेको थियोे । बिस्तारै सडक जिर्ण बन्दै जादा बैकल्पिक मार्गको प्रयोगले नाका सुस्ताएको हो । पून ३ बर्षदेखि लमही कोइलाबास हुलाकी सडक निर्माणसगै नाका पून बहुराउन थालेको छ । यद्यपि नाका पून रूपमा संचालित नहुँदा अझै पनि ठूलोमात्रमा राजस्व सकलन हुन सकेको छैन ।

कोइलाबास भन्सार कार्यालयबाट खासगरी खाद्यान्न र सामग्रीभन्दा पनि यातायताका साधानबाट बढी राजस्व सङ्कलन हुने गरेको छ । काइलबासमा रहेको नेपालकै दोस्रो ठुलो रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, घोराहीको चौघेरा मन्दिर, देउखुरीको रिहारलगायतका ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने भारतीय नागरिकले प्रयोग गर्ने सवारी साधनबाट बढी मात्रामा राजस्व सङ्कलन हुने गरेको कार्यालय प्रमुख शर्मा बताउँछन । त्यससँगै साना थोरै मात्रमा खाद्यान्न, फर्निचर लगायतका सामग्रीहरू आउँदा पनि राजस्व सङ्कलन हुने गरेको छ । भारतले छोटी भन्सारका रूपमा लिने भएकाले २५ हजारभन्दा बढीको सामग्री ल्याउन दिँदैन, जसले गर्दा व्यावसायिक रूपमा नाका चल्न नसकेपनि भारतको तुलसीपुरबाट दाङका विभिन्न ठाउँसँगै प्युठानको स्वर्गद्वारीसम्म पुग्नका लागि छोटो दूरी रहेकाले धेरै सवारीसाधन चल्ने र त्यसबाट नै कर उठ्ने गरेको छ ।”

कोइलाबास नाकाबाट बिदाको समयमा दैनिक सयभन्दा बढी सवारीसाधनमा नागरिकहरू घुमफिरका लागि नेपाल आउने गरेको भन्सार कार्यालय प्रमुख शर्मा बताए।भन्सार कार्यालय कोइलाबासले नेपाल आउने भारतीय दुई पाङ्ग्रे सवारीबाट प्रतिदिन दुई सय रुपियाँ र चार पाङ्ग्रे सवारीसाधनबाट प्रतिदिनको छ सय रुपियाँका दरले राजस्व सङ्कलन गर्ने गरेको छ । कोइलाबास भन्सार कार्यालयमा पशु क्वारेन्टाइनलगायतका आवश्यक संरचना स्थापना गर्ने अन्य नाका जस्तै खुल्ला रूपमा सञ्चालन गर्न सके राजस्व वृद्धिसँगै जिल्लाको आर्थिक विकासमा सहयोग पुग्ने कार्यालय प्रमुख शर्मा बताउँछन ।

भारतिय पर्यटक आउन थाले गाउँपालिका–८ स्थित कोइलाबास नाकामा स्काई साइक्लिङ ब्यबस्थापन गरिएको वडा अध्यक्ष खालिन अब्दुलले बताए । वडाको आर्थिक सहयोगमा भारतीय पर्यटकलाई लक्षित गरेर स्काई साइक्लिङ सञ्चालनमा ल्याइएको हो उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?