© २०२३
देवदह ।
मामहामाया भवानी माध्यमिक विद्यालय देवदह ५ भवानीपुरमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । देवदह मेडिकल कलेज शिक्षण अस्पताल भलुहीको प्राबिधिक सहयोगमा उक्त कार्यक्रम सप्पन्न भएको हो ।
शिविरमा कक्षा नर्सरी देखि कक्षा १२ सम्मका बिद्यार्थीहरुको स्वास्थ्य चेकजाँच गरिएको थियो । शिविरमा बिद्यार्थीहरुको नाक, कान, घाँटी छाला तथा अन्य जनरल कुराहरुको चेकजाँच गरिएको थियो ।
त्यसैगरी स्वास्थ्य शिविरमा देवदह भलुही मेडिकल कलेजका डा.सुवोध यादव, डा. सगुन श्रेष्ठ, डा.हिरालाल धामी, डा. अमृत पान्डे लगायतको समूहले चेकजाँच गरेको थियो ।