© २०२३
बुटवल, ५ साउन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पस मुल ईकाई समितिले छात्रा भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
सम्पूर्ण बामपन्थी प्रगतिशील देशभक्त तथा जनतान्त्रिक बिधार्थीहरु एक जुट हौ भन्ने मूल नारा सहित आयोजित कार्यक्रमको उदघाटन माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य तथा पूर्व सांसद दिपा बिकले गरेकी थिइन् ।
कार्यक्रमा बोल्दै बिकले यो देशको परिवर्तनका निमित्त ५० प्रतिशत महिलाहरु सशस्त्र युद्धमा होमिएकै कारण लामो सङ्घर्ष पछि मात्रै समाबेशी समानुपातिक प्रणाली आएको बताइन् । अहिले यो देशको राष्ट्रपति महिला बन्ने व्यवस्था पनि माओवादीको त्याग र बलिदानीले नै आएको बताउदै बिद्यार्थीको हक हितका निम्ति बिद्यार्थीहरुसँग सधै पार्टीले पनि थप समन्वय सहकार्य गर्ने बताइन् ।
त्यस्तै प्रदेश सदस्य टिका वलीले अहिले सबै महिलाको लागि बनेको यो व्यवस्था महिलाकै बलिदानीले आएको बताउँदै संविधानमा सुनिश्चित भएको हाम्रो हक अधिकारका लागि हामी सधै लागीरहनुपर्ने बताइन् । त्यस्तै अध्यक्ष शिव बहादुर खवासले बिगतका दिनहरुमा पनि विद्यार्थीका हरेक समस्या समाधान गर्दै अखिल क्रान्तिकारी अगाडि बढिरहेको बताउँदै अगामी दिनमा पनि यस क्याम्पस विद्यार्थी अनकुलका बिभिन्न सृजनात्मक र रचनात्मक कार्यहरु गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त छात्रा भेलाले बुटवल बहुमुखी क्याम्पस कमिटी ईकाइको छात्रा बिभाग प्रमुखमा सिर्जु आचार्यको नेतृत्वमा ३४ सदस्यीय विभाग गठन गरेको छ भने उपप्रमुखमा भावना रेग्मी, विमला पोखरेल, सुस्मिता केसी, सुशिला भण्डारी, सपना जिसी, सम्झना ज्ञवाली रहेका छन् भने सचिव पदको लागि सपना पुरी सहसचिवमा गोमा भण्डारी, दिपिका न्यौपाने, कृष्ण विक रहेका छन् । त्यस्तै सदस्यमम मुना नेपाली, मनिषा पाण्डे, सृजना खरेल लगायत ३४ सदस्य रहेका छन् । कार्यक्रममा सचिव किरण महतराले पनि मन्तव्य व्यक्त गरेका थिए ।