ट्रेंडिंग:

>> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै

सडक बत्ती जडानमा अनियमितताको आरोप

४ श्रावण २०८१, शुक्रबार
४ श्रावण २०८१, शुक्रबार

मणिग्राम ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का विभिन्न टोलहरुमा सडक बत्ती जडानमा आर्थिक अनियमितता भएको भन्दै स्थानीयले छानविनको माग गरेका छन् ।

वडाका विभिन्न ८ वटा टोलहरुमा वडा कार्यालयले आर्थिक वर्ष २०८०÷८१ को नगर विकासको बजेटमा ४ लाख ३८ हजार रुपियाँ सडक बत्ती जडान तथा मर्मत शीर्षकमा बिनियोजन गरेको थियो । उक्त रकमबाट सडक बत्ती र स्ट्रीट लाइट जडानका लागि भन्दै उपभोक्ता समिति निर्माण गरिएको थियो । यो योजना अन्तर्गत ५० वाटको स्ट्रीट लाइट ४५ वटा, २० वाटको एलइडी लाइट १६८ वटा १८ वाटको एलइडी लाइट २२ वटा जडान गरिएको छ भने १४७ वटा मर्मत गरिएको छ ।

स्थानीय स्तरमा क्रियाशिल राजनीतिक दलहरु एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले उपभोक्ता समिति निर्माणदेखि नै वडा अध्यक्षले अनियमितता गर्न खोजेको देखिएको भन्दै यसबारे स्पष्ट पार्नुपर्ने माग गरेका छन् ।

वडाअध्यक्षले शुक्रबार बोलाएको सर्वदलीय सर्वपक्षीय बैठकमा सहभागी दलका प्रतिनिधिले बजार मूल्य भन्दा बढी रकममा सामान खरीद गरेर अनियमितता गर्न खोजेको बताए । कोटेशन आह्वान गर्दा नै बढी मूल्य पर्ने गरी मिलेमतो गरिएको र अपुरो उपभोक्ता समिति बनाएर बत्ती जडानका लागि छुट्टिएको सामान्य बजेटमा पनि भ्रष्टाचार गर्न खोजिएको बताए ।

एमाले ५ नम्बर वडा कमिटी अध्यक्ष कृष्णप्रसाद भट्टराईले पुस महिनामा विद्युत जडान गरिएको तर उपभोक्ता समिति बैशाखमा गठन गरिएको भन्दै यसमै अनियमितताको रहस्य देखिएको बताए ।

पुर्व वडाअध्यक्ष चेतनारायण भण्डारीले अनियमितता भएको छर्लङ्ग देखिएको भन्दै यसबारे वडा कार्यालयले स्पष्ट पार्नुपर्ने माग गरे । छलफलमा अन्य सहभागीले १८ सय पर्ने स्ट्रीट लाइटका लागि ३७ सयको बिल बनाइएको र ३०० पर्ने १८ वाटको ब्लवका लागि ५५० को बिल बनाइएको भन्दै आर्थिक अनियमितता भएको आरोप लगाएका थिए ।

तिलोत्तमा वडा नम्बर ५ का प्रभात टोल विकास संस्था, लुम्बिनी एफएम टोल विकास संस्था,, शान्ति नमूना, विद्यापिठ, हरियाली, सरस्वती, स्वर्गद्वारी र शिवालय टोल विकास संस्थामा रहेका सडक पोलहरुमा बत्ती जडान गरिएको थियो ।

वडाअध्यक्ष रमेश डुम्रेले भने उपभोक्ता समितिमार्फत पारदर्शी काम गरिएको र यसको अनुगमन पनि भैसकेको भन्दै कहीं कतै अनियमितता भएको भए छानविन गरिने बताए । उनले वडा कार्यालयको विकासमा सबैको उत्तीकै पहलकदमी जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?