© २०२३
नवलपुर, ४ साउन । पुर्वि नवलपरासीको कावासोतीमा शनिबार कोरा साइक्लिङ प्रतियोगिता हुने भएको छ । यस प्रतियोगितामा ४ बर्ष देखि ९५ बर्ष उमेर समुहको सहभागिता रहने आयोजकले जनाएको छ । बिहिबार कोरा साईकिलिङ समुह कावासोतीले पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो ।
शनिबार हुने साइकिलिङले कावासोती, मध्यविन्दु, हुप्सेकोट र देवचुली नगरपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थललाई दाइने पारेर परिक्रमा गर्ने समुहका अध्यक्ष ज्योति श्रेष्ठले जानकारी दिए । कोराको मुख्य उद्धेश्य साइकल चलाउनु मात्र नभै भ्रमण गर्ने स्थानहरुका मठमन्दिर, पाटी पौवा, पर्यटकिय स्थलको सरसफाई, ब्यवस्थापनमा सरोकारवालको चासो जगाउने र प्रवद्र्धन गर्ने समेत रहेको अध्यक्ष श्रेष्ठले बताए ।
कोरा साईकिलिङको सो कार्यक्रममा ९ जना महिला, ९ जना बालबालिका सहित १ सय ५० भन्दा बढिको सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रममा काठमाण्डौ, भैरहवा लगायत स्थानहरुबाट समेत सहभागिता जनाउने आयोजकले जनाएको हो । सो दिन एकै पटक कावासोती लगायत विभिन्न देशहरुमा गरि ४ हजार जनाले साइकिलिङ जर्ने कार्यक्रम रहेको जानकारी गराइएको छ ।