© २०२३
बुटवल ।
सिद्धार्थ अङ्ग्रेजी माध्यमिक विद्यालय तिलोत्तमा ४ मा कक्षा ११÷ १२ का विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शैक्षिकसत्र २०८१÷८२ का लागि कक्षा ११ विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना भएका नवआगन्तुक विद्यार्थीका लागि विद्यालयको परिचय, विशेषता, पठनपाठन तथा शैक्षिक कार्यक्रम, शिक्षण विधि, शिक्षण सिकाई क्रियाकलापका आन्तरिक र बाह्य गतिविधि, छात्रवृत्ति प्राप्ति प्रक्रिया, कक्षा ११ र १२ मा विद्यार्थीले पालना गर्नुपर्ने नियम, शिक्षक विद्यार्थी तथा अभिभावक सम्बन्ध, उच्च शिक्षाको तयारीका लागि गर्नुपर्ने कामहरुका बारेमा सिद्धार्थ अङ्ग्रेजी माध्यमिक विद्यालय तिलोत्तमा रुपन्देहीले विद्यालयको सभाहलमा सम्पन्न गरेको छ ।
विद्यालयका प्रबन्धक निर्देशक बावुराम खनालको अध्यक्षता भएको कार्यक्रममा विद्यालयका प्राचार्य यम बहादुर रानाले संस्थाको गौरवमय ऐेतिहासिक पक्ष र विद्यालयका भौतिक पक्ष र आगामी कार्ययोजनाका बारेमा बताएका थिए । कार्यक्रममा कक्षा ११÷१२ का ईन्चार्ज डाक्टर उमेश न्यौपानेले नैतिकता, अनुशासन र विद्यालयको बारेमा डकुमेन्ट्री प्रस्तुत गरेका थिए । कार्यक्रममा सहायक प्राचार्य रमेश प्रसाद बस्याल, शिक्षक सुमन घिमिरेलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी