ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति

२ श्रावण २०८१, बुधबार
२ श्रावण २०८१, बुधबार

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति रहेको खुलासा भएको छ । ढाका ट्रिब्यूनका अनुसार उक्त नोकरको नाम जहाँगीर आलम हो । उनले प्रधानमन्त्री हसिनाको घरमा पाहुनालाई पानी खुवाउँथे ।

जहाँगीरले हसिनाको कार्यालय र घरमा भएको कामको उल्लेख गर्दै धेरैसँग घुस लिएका थिए । काम गराइदिने बहानामा उनीसँग पैसा असुल्ने गरेको विषय बाहिर आएपछि अहिले छानबिन शुरु भएको छ । यो कुरा बाहिर आएपछि प्रधानमन्त्री हसिनाले तत्काल कारबाही गर्न निर्देशन दिएकी छन् । ढाका ट्रिब्युनको रिपोर्टका अनुसार जहाँगीर यसअघि नै अमेरिका भागिसकेका छन् ।

बंगलादेशमा पूर्व सेना प्रमुख, प्रहरी अधिकारी, कर अधिकारी र धेरै सरकारी कर्मचारीहरूको भ्रष्टाचारका मुद्दाहरू बाहिर आएका छन् । यो सूचीमा प्रधानमन्त्रीका सेवकको नाम पनि परेको छ ।

प्रधानमन्त्री हसिनाले भनिन्, मेरो घरमा काम गर्ने मान्छे आज करोडौंको सम्पत्तिको मालिक छ, उनले यति पैसा कहाँ कमाए रु एक साधारण बंगलादेशीले यति धेरै सम्पत्ति जम्मा गर्न १३ हजार वर्ष लाग्न सक्छ । सरकारले ख्याल गर्नुपर्छ । यी विषयमा गम्भीरतापूर्वक छानबिन हुन्छ ।

वास्तवमा विश्व बैंकका अनुसार १७ करोड जनसंख्या भएको बंगलादेशमा प्रतिव्यक्ति आय २५२९ डलर छ । शेख हसिनाका नोकर भ्रष्टाचारमा संलग्न रहेको खुलासा भएदेखि नै प्रतिपक्षले सरकारलाई घेरेको छ ।

बंगलादेशी नेसनलिस्ट पार्टी ९बीएनपी० का प्रवक्ता वाहिदुज्जमानले हसिनाको नोकरसँग यति धेरै पैसा हुँदा, उनको मालिकको कति छ भनेर अनुमान गर्न पनि नसकिने बताएका छन् । उनले नोकर पक्राउ नपरेको र उनलाई भर्खरै जागिरबाट हटाइएको बताए ।

गत जनवरीमा प्रधानमन्त्री हसिना चौथो पटक सत्तामा आएपछि भ्रष्टाचारका धेरै घटना बाहिर आएका छन् । बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले हालै देशका पूर्व राष्ट्रिय प्रहरी प्रमुख बेनजिर अहमदविरुद्ध अनुसन्धान सुरु गरेको छ ।

कुनै समय हसिनासँग नजिक रहेकी बेनजीरमाथि करोडौंको सम्पत्ति रहेको आरोप छ, जुन उनले भ्रष्टाचार गरेर जम्मा गरेका छन् । अमेरिकाले २०२१ मा अहमदमाथि धेरै प्रतिबन्धहरू पनि लगाएको थियो। अहमदमाथि सयौं व्यक्तिको अचानक बेपत्ता वा हत्याका घटनामा संलग्न रहेको आरोप थियो।

यसैबीच बंगलादेशका स्थानीय पत्रिकाहरूले देशका पूर्व सेना प्रमुख अजिज अहमदमाथि भ्रष्टाचारको आरोप पनि लगाएका छन् । उक्त रिपोर्ट बाहिर आएपछि भ्रष्टाचार विरोधी आयोगले अजिजको धेरै सम्पत्ति जफत गरेको थियो । यसबाहेक उनको बैंक खाता पनि रोक्का गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?