ट्रेंडिंग:

>> सवारी प्रदूषण नियन्त्रण गर्न नेपालले लागू गर्‍यो युरो ५ र ६ मापदण्ड >> रोहिणी गाउँपालिकाको बजेट ५९ करोड १७ लाख  >> डेंगु नियन्त्रण प्रभावकारी बनाउनु पर्छ: सांसद पौडेल >> टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन >> बालेन र प्रशासकीय अधिकृतबीचको द्वन्द्वले बजेट अन्योलमा >> अर्थमन्त्री पौडेलको संसदमा स्पष्टोक्ति: ‘टेक एन्ड पे’ हटाइयो >> शिवराजको १ अर्ब ३४ करोडको बजेट: शिक्षा र विकासलाई प्राथमिकता >> प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जना विरुद्ध अदालतमा मुद्दा >> रोटरी बुटवलद्धारा ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण >> यूएईमा अब नेपाली श्रमिकको तलब १ हजार दिरामभन्दा कम नहुने >> अवहेलना मुद्दामा विशेष अदालतको अहिलेसम्मकै ठूलो इजलास गठन >> भुटानी शरणार्थीलाई जनही ५ हजार जरिवाना तिराएर डिपोर्ट गर्ने निर्णय >> प्रधानमन्त्री कार्यालयमा चौरसियाविरुद्ध अनुसन्धानको माग >> सरकारी गाडीको रहस्यमय दुर्घटना : पूर्व प्रशासकीय अधिकृतलाई छोडेर फर्किदा के भयो ? >> नेकपा एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक >> कोरोना संक्रमित महिलाको विराटनगरमा निधन >> देशमा ११.६ प्रतिशत बेरोजगारी रहेको मन्त्री भण्डारीको खुलासा >> भिजिट भिसा प्रकरण: समितिलाई ९ वटा कार्यादेश तोकियो >> उच्चस्तरीय छानबिन समिति बनाएकोमा माओवादीले दियो सरकारलाई धन्यवाद >> ट्रम्पद्वारा इरान–इजरायल युद्धविरामको घोषणा >> सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले घट्यो >> रास्वपा सांसद गृहमन्त्रीको सम्बोधन सुन्न तयार >> एसीसी पुरुष यू–१६ मा नेपालको लगातार दोस्रो जित, जापान ९ विकेटले पराजित >> शुभम् खनालको घातक बलिङमा जापान ८० रनमा अलआउट >> भिजिट भिसा प्रकरणमा छानबिनका लागि उच्चस्तरीय समिति गठन >> सप्तरीका एसपी खतिवडामाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति >> बालुवाटारमा सत्तारूढ दलको बैठक जारी >> हरियालीबाट समृद्धितर्फः बाँकेमा चक्ला वनको प्रेरणादायी यात्रा >> ‘हिंसा र विभेदमुक्त बाणगंगा बनाउने योजना’ >> दोस्रो स्मृति कपको संयुक्त उपाधि वडा नं. २ र ९ लाई  >> समावेशी शिक्षा कार्यान्वयनमै चुनौति >> पालिकाहरूको नीति कार्यक्रम र बजेट >> आत्मनिर्भरताको उज्यालोले  खुसी थप्दै विजयनगर >> बजेटको साइड इफेक्टः प्रदेश मन्त्रीलाई काँग्रेसको जिल्ला निषेध  >> जमुनहा–हर्रे डाँडा सडक: पक्की सडकमा ‘टालोले टालटुल’ >> मनसुनी वायुको प्रभाव देशभर, यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना >> एसीसी पुरुष यू–१६ इस्ट जोन कप: आज नेपाल र जापान भिड्दै >> विभेदकारी बजेट, उपेक्षित सांसदहरूः सरकार हाम्रा योजना खोई ? >> एनसिसि क्याडेटलाई प्रेरणादायी प्रवचन >> बुटवल उपमहानगरको बजेट ३ अर्ब ३६ करोड >> लुम्बिनी बजेट : भौतिक पूर्वाधार मन्त्री ढकालले पारे आफ्नै वडामा ६ करोड >> पामिर एकेडेमीमा निःशुल्क आँखा परीक्षण शिविर >> कर्णालीको बजेट विवादमा >> चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी असार १५ देखि बन्द हुने >> जसपाले सरकारलाई समर्थन फिर्ता लिन सक्ने तयारी >> साफ यू–२० महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा >> सेयर बजार ४ अंकले बढ्यो >> राष्ट्रिय योजना आयोग उपाध्यक्ष र बेलायती राजदूतबीच भेटवार्ता >> भारतका पूर्व उपराष्ट्रपति नायडूसँग रास्वपाका सांसदद्वयको भेट >> नेपालमा ओमिक्रोनका पाँच नयाँ सब-भेरिएन्ट पुष्टि

कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री

२ श्रावण २०८१, बुधबार
२ श्रावण २०८१, बुधबार

सुर्खेत, २ साउन ।

केन्द्रमा समीकरण बदलिएसँगै कर्णाली सरकारमा रहेका मन्त्रीहरु राजीनामा दिने तयारीमा छन् । माओवादीबाट मन्त्री बनेका कर्णालीका चार जना मन्त्रीहरुले राजीनामा दिन तयारी गरेका हुन् ।

८ सदस्यीय मन्त्रिपरिषदमा माओवादीको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमा दुर्गबहादुर रावत, सामाजिक विकासमा वीरबहादुर शाही र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रणसिं परियार छन् । ऊर्जामन्त्री परियार वैशाख १२ र बाँकी मन्त्रीहरू वैशाख १८ मा नियुक्त भएका थिए ।

नेकपा माओवादीबाट बनेका मन्त्रीहरूले नयाँ गठबन्धनलाई सहजता प्रदान गर्न सरकारबाट बाहिरिने तयारीमा रहेको मन्त्रीहरुले जनाएका छन् । उनीहरु राजीनामा पत्र समेत साथमा राखेका छन् । नयाँ गठबन्धनलाई सरकार गठनमा सहजता दिनको लागि आफुहरु राजीनामा दिन तयारीमा रहेको जलस्रोत तथा उर्जा विकास मन्त्री रणसिं परियारले बताए । ‘हामीलाई मुख्यमन्त्री ज्यूले पनि केही भन्नुभएको छैन र दलको बैठक पनि बसेका छैनौ’ मन्त्री परियारले भने, ‘हामी चारजना मन्त्रीहरु आफै सत्ताबाट निस्कनुपर्छ भन्ने सल्लाह गरेका हौ ।’

यद्यपि मुख्यमन्त्री यामलाल कँडेल सङ्घीय राजधानी काठमाडौँ भएकाले मन्त्रीहरू मुख्यमन्त्रीको प्रतीक्षामा छन् । त्यसैगरी माओवादी संसदीय दलका नेता राजकुमार शर्मा पनि काठमाडौंमै रहेकाले आफुहरु प्रतिक्षामा बसिरहेको परियारले जनाए ।

केन्द्रमा समीकरण बन्ने बित्तिकै प्रदेशका पनि त्यसको असर पर्ने भएकाले नयाँ गठबन्धनलाई सहजता प्रदान गर्न आफूहरू तयार रहे पनि मुख्यमन्त्री प्रदेश बाहिर भएकाले राजीनामा हुन नसकेको उनको भनाई थियो ।

एमाले–कांग्रेस गठबन्धनको सरकार बनेपछि कर्णालीमा माओवादी पहिलो पटक प्रतिपक्षमा बस्ने भएको छ । प्रदेश सरकार बनेयता कर्णालीमा माओवादी निरन्तर सत्तामा रहदै आएको थियो । २०८० चैत्र २७ गते नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थनमा एमाले संसदीय दलका नेता कँडेल मुख्यमन्त्री बनेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?